दलितलाई छुट्याएको मध्ये एउटा काम

दुर्गाप्रसाद शर्मा । पर्वत, असोज २० – अहिले प्राय सबै नेपालीका घरघरमा फोन, हातहातमा मोबाइल र गाउँसम्मै एफएम रेडियोको पहुँच पुगेको छ सूचनाका लागि । तर पर्वत जिल्लाका अधिकांश गाउँहरुमा भने कटुवाल प्रथा अझै कायम छ । कटुवालहरु अहिले पनि स्थानीय गाउँलेका लागि सूचना र सञ्चारको विश्वासिलो माध्ययम बनिरहेका छन् । 
शिक्षा, स्वास्थ्य, खोप अभियान, वन, विद्यालय लगायतका स्थानीय र सार्वजनिक गतिविधि, राष्ट्रिय कार्यक्रम र चाडपर्वबारे सर्वसाधारणलाई जानकारी गराउनु कटुवालहरुको नियमित काम हो । यस्तै सुचना काम गर्ने मध्ये एक हुनुहुन्छ बरौचौर गाविसका लालबहादुर नेपाली । 
६८ वर्षका लालबहादुरको पुख्र्यौली पेशा नै कटुवाल बन्नु हो । कटुवालको काम गर्दै आएका बाबुको मृत्यु पछि उहाँ २०५२ देखि कटुवाल बन्नुभएको हो । उहाँले भन्नुभयो ‘हाम्रो त पुख्र्यौली पेशा नै कटुवाल बन्ने हो ।’ गाविस वा अन्य सार्वजनिक कार्यक्रमको चिठीपत्र कटुवालले पुर्‌याउने गर्छन् ।
 विद्यालयको भेला होस वा औषधी खुवाउने कार्यक्रम सबैमा कटुवालको प्रयोग हुँदै आएको छ । ‘आवश्यकता अनुसार सबै बेला कटुवाल घोक्नुपर्छ’ उहाँले भन्नुभयो । कटुवालले कार्यक्रमबारे घोकाएर गाउ“लेलाई जानकारी गराउम्छन् । डाडा“मा कर्नाल फुक्न थालेपछि स्थानीयबासी आ“गनमा उभिएर सुचना सुन्न आतुर देखिन्छन् । कटुवालले निश्चित तलब र घरधुरीबाट अन्नपात पारिश्रमीक स्वरुप पाउँदै आएका छन् । तर पछिल्लो समय केहि घरबाट अन्न नपाएको कटुवालहरुको गुनासो छ । बाबुबाजेका पालादेखि पाउ“दै आएको सुविधा नपाउँदा कटुवालहरु पीडित बनेका छन् । 
लालबहादुरले वर्षमा २ मुरी गहुँ, तीन–तीन मुरी धान र मकै उठाउनुहुन्छ । यसैबाट उहाँले आठ जनाको परिवार धान्दै आउनुभएको छ । पर्वतका ४७ गाउँ विकास समिति र एक नगरपालिका मध्ये एकदुई बाहेक सबै गाविसमा कटुवाले काम गरिरहेका छन् । बर्राचौर गाविसका पूर्व अध्यक्ष यज्ञ पौडेलले सुचना र संचारको युगमा बाइसे चौविसे राज्यका भुरेटाकुरे राजाका पालादेखिको प्रथामाथीको भर हटाउन नसकेको बताउनुहुन्छ । उहाँले अहिले गाउ“मा विद्युत, टेलिफोन, टेलिभिजनसम्मको सुविधा हुनुपर्नेमा कटुवालको कर्नाल सुन्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 
source:- उज्यालो अनलाईन

No comments:

Post a Comment