कली विकलाई बोक्सीको आरोपमा छिमेकीले शारीरिक र मानसिक यातना दिए

जाजरकोट । ०७१ कात्तिक २७ गते
गाउँमा पटकपटक बोक्सीको आरोपमा छिमेकीले शारीरिक र मानसिक यातना दिएपछि डाँडागाउँ गाविस–७ चाउलेचौरकी ४३ वर्षीया कली विकले कात्तिक २७ गते महिला तथा बालबालिका कार्यालयमा गुनासो गरेकी छन् ।
बोक्सी भन्दै घरमै गएर बारम्बार कुटपिट गर्न खोजेपछि सहन नसकेर न्याय खाज्दै सदरमुकाम आएको पीडित विकले बताइन् ।
पीडित कली विकलाई गाउँकै टेकबहादुर विक र पत्नी लक्ष्मी विक र गोरख विकले दुईतीन वर्षदेखि बोक्सीको आरोप लगाएर बारम्बार दुव्र्यवहार गर्ने गरेको पीडित विकले बताइन् ।
पछिल्लो पटक एक हप्ताअगाडि विककी दिदीकी छोरी हजारी विकको करिब दुई महिनाको छोरा बिरामी परेपछि झारफुक गराउने टेकबहादुर विक र उसको परिवारले उनी बोक्सी भएको र उसले नै तिम्रो बच्चा खान खोजेको भन्ने आरोप लगाएपछि न्यायको खोजीमा सदरमुकाम आएको पीडित विकले बताइन् ।

No comments:

Post a Comment