खुँडा हानेर ५५ वर्षकी कुमारी पुनको हत्या

आदर्श केसी/उज्यालो । कात्तिक २८ - रुकुमको घेत्मा गाविसमा एक महिलाको हत्या भएको छ । महिलाका श्रीमान गम्भीर घाइते भएका छन् ।
स्थानीयबासिन्दाका अनुसार पाहुना गएका घेत्मा गाविसको कुतधाराका शशीराम विकले खुँडा हानेर कुतधाराकी ५५ वर्षकी कुमारी पुनको हत्या भएको रुकुम प्रहरीले जानकारी दिएको छ । पुनकै घरमा बास बसेका बिकले शुक्रबार बिहान उहाँको हत्या गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
बिकलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रमुख प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिनुभयो । शशीरामकै खुँडा प्रहारबाट कुमारीका श्रीमान भरिभान पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । के कारणले हत्या भएको हो भन्ने बारेमा अहिलेसम्म केही थाहा नभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment