५० वर्षका श्यामलाल नेपाली झुन्डिएको अवस्थामा फेला परे

१९ कात्तिक, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङस्थित एक होटलमा एक व्यक्तिको शव फेला परेको छ । नुवागाउ-९ का ५० वर्षका श्यामलाल नेपाली झुन्डिएर अवस्थामा फेला परेका हुन् ।
‘न्यू सखी होटल एण्ड लज’को गल्लीमा उनी झुन्डिएको अवस्थामा भेटिएका हुन । गत कार्त्तिक १० गते घर आगलागि भएपछि जिल्ला प्रशासन कार्यालयमा राहत लिनका लागि मंगलबार बेलुकी सदरमुकाम आएका उनी सो होटलको एक कोठामा ३ जना अन्य साथीहरु सँगै सुतेका थिए । सँगै बसेका साथिहरुले बिहान सवा ५ बजेतिर घटनाको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिरहेका छन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

No comments:

Post a Comment