झड्केली छोरीलाई बलत्कार गरी गर्भवती तुल्याउने बाबु आठ वर्ष कैद

भक्तपुर, मंसिर १४ - झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।
श्रीमती गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती-४ घरभई भक्तपुर कटुञ्जे-६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो । झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।
आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक-पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् । आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ । निजलाई हाल सिविसले संरक्षण दिएको छ ।
अदालतको फैसला अनुसार पीडितलाई एकलाख क्षतिपूर्ति दिन विकले तत्काल भराउन नसक्ने भएकाले विकको सम्पत्तिबाट पछि असुल उपर गर्नेगरि तत्काल नेपाल सरकारले दिने फैसला गरेको छ । पिडीतको उमेर १४ वर्षमात्र पुगेको छ । गर्भवती बालिकाको संरक्षण गर्ने र उनीबाट जन्मने बच्चालाई आमाले संरक्षण गर्नसक्ने अवस्था नभएसम्म सिविसले संरक्षणमा राख्ने फैसला गरेको स्रेस्तेदार अधिकारीले बताए ।

No comments:

Post a Comment