तेजाव परेर एक आँखा गुमाएका रामवहादुर अस्पतालमा अलपत्र

सख्त घाईतेभै वेवारिसे अवस्थामा राजधान स्थित काठमाण्डौं मेडिकल कलेजमा उपचार गराई रहेका रामवहादुर परियार आर्थिक अभावमा उपचारमा कठिनाई भैरहेकोछ । तस्विर : हरिहरसिंह राठौर/ईकान्तिपुर
काठमाडौ, श्रावण १३ - आइतवार तेजाव परेर एक आँखा गुमाएका रामवहादुर परियार राजधानीको अस्पतालमा अलपत्र परेका छन् ।
खलंगा-२ स्याला निवासी अर्जुन सुनारले आपसी झगडामा काका जगत सुनार लाई प्रहार गरेको तेजाव बाटोमा हिड्दै गरेका रामवहादुर परियार परेको थियो ।
सख्त घाइते जगत सुनारसँगै हेलिकप्टरमा काठमाडौं पठाइएका परियारको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेका छ । आर्थिक अभावमा थप उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ ।
दुर्गम गाउं नायकवाडा-५ ताँसी निवासी रामवहादुरलाई अति विपन्न भएकै कारण पश्चिम उच्च पहाडी विकास आयोजनाले ३ महिने सिलाई कटाई तालिम दिन खलंगा बोलाएको थियो ।
चिन्ताजनक अवस्थामा रहेका सख्त घाइते जगत सुनारलाई ग्राण्डी अस्पतालमा सघन कक्ष-आईसियु)मा राखी उपचार भैरहेको जिल्ला प्रहरी पमुख चक्रवहादुर सिंहले वताए ।

No comments:

Post a Comment