‘म खुला किताब हुँ-गायिका निशा सुनार

‘म खुला किताब हुँ, जसले पल्टाए पनि हुन्छ’, गायिका निशा सुनारले यो वाक्य टुङ्ग्याउन नपाई थपिन्- ‘मनमा पाप छैन, त्यसैले मेरो जीवन खुला किताबझैं छ ।’ स्वीम सुटको फोटोसुटले उदार भएको देखाउँछ नि ? उनले भनिन्- ‘जति आवश्यक छ, त्यति उदार छु, स्वीमिङ पुलमा फोटो सुट गर्ने भनेपछि चौबन्दी चोलोमा सजिएर भएन क्यारे ! …तपाईं त गायिका, किन नायिकाजस्तो फोटोसुटमा लाग्नुभा’को नि ? पाँचवटा गीतिसंग्रह बजारमा ल्याइसकेकी निशाले भनिन्- ‘शारिरिक संरचना आकर्षक छ भन्छन्, हो कि भनेर ट्राई मारेको ।’ निशा आफूलाई सफल गायिका मात्र होइन, त्यत्तिकै राम्रो मोडल भन्न रुचाउँछिन् । ‘एक्सप्रेसन हेर्नु न, थाहा भैहाल्छ नि,’ उनले भनिन्- ‘अहिलेका मोडलभन्दा कम देखिएको छैन क्यारे !’ दोहोरी गायनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी निशाका अनुसार समय परिवर्तन भएझैं उनले पनि आफ्नो गायनलाई आधुनिक शैलीमा रूपान्तरण गरेकी छिन् । तपाईंको दृष्टिकोणमा सेक्स के हो ? निशाले भनिन्- ‘प्रकृतिले दिएको सुनौलो वरदान, तर उपभोग गर्न जान्ने कला चाहिन्छ ।’ निशाको सुन्दरतामा लट्ठ हुनेहरू थुप्रै छन् । ‘आफूलाई त धेरै राम्री छु जस्तो लाग्दैन, तर अरूले सेक्सी भन्दिन्छन् । मलाई प्रोपोज्ड गर्ने कुमार केटा भेटिएन क्या !’ अब साप्ताहिकले खोजिदेला कि ? उनले भनिन्- ‘अरूका श्रीमान्ले त थुप्रै पटक प्रोपोज हानिसके ।’ पानमा पराग छ, नभन माया, श्रीमान्-श्रीमती, यतै दिल गाँसे हुन्न र ? तथा निशा रिमिक्स गीतिसंग्रह बजारमा ल्याइसकेकी निशा यतिखेर महत्त्वाकांक्षी गीतिसंग्रह ‘सोलो’ सार्वजनिक गर्ने तयारीमा छिन् । मेरा यी तस्विर जति हट छन्, उनले भनिन्, ‘गीतिसंग्रह पनि त्यत्तिकै हट हुने विश्वास छ । पानमा पराग छ, यो लोकप्रिय गीतमा भुवन केसीसँगको अभिनयले उनलाई चिनाएको थियो, त्यसयता उनले दिलीप रायमाझी, शिव श्रेष्ठ, विशाल विष्ट आदि नायकसाग अभिनय गरेकी छिन् । अपकमिङ ‘सोलो’ एल्बमका लागि डि्रम ब्वाइ राजेश हमालसँग अभिनय गर्ने उनको योजना छ । निशाले भनिन्- ‘हेरौं, भर्सटाइल हिरोले मलाई कत्तिको साथ दिनुहुन्छ ?’ 

No comments:

Post a Comment