घरछेउमा रहेको कुवाको पानी छुन नदिएको भन्दै उजुरी

भोजपुर । ०७१ कात्तिक २७ गते
आम्तेक गाविस-९ का ३६ वर्षीय गोपी दर्जीले सोही ठाउँका ३३ वर्षीय बलबहादुर राईविरुद्ध पानी छुन नदिएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७१ कात्तिक २७ गते उजुरी दिएका छन् ।

घरछेउमा रहेको कुवाको पानी तल्लो जात भएकै कारण छुन नदिएको भन्दै गोपीले न्याय र बलबहादुरलाई कारबाहीको माग राख्दै उजुरी दिएका हुन् । उनले जातपात र छुवाछूतजस्ता भेदभावहरू अन्त्य भइसक्दा पनि पानी छुन नदिएको उजुरीमा उल्लेख छ । बलबहादुरले भने पानी छुन नदिएको नभई फोहोर गर्ने गरेकाले मात्रै नदिएको बताए । दुवै आरोपित पक्षलाई झिकाएर छलफल गराइने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

No comments:

Post a Comment