बादी समुदायका पाँच युवाले पाए जागिर

सम्राट सिंह/नयाँ पत्रिका
बझाङ, १८ कात्तिक
बझाङका बादी समुदायका युवाले पहिलोपटक जागिरको अवसर पाएका छन् युवाले जागिर पाएपछि सिंगो बादी समुदाय नै खुसी भएको
०५८ सालमा पहिलोपटक एसएलसी पास गरेका सदरमुकाम चैनपुरका सुरेन्द्र बादीसहितका पाँच युवाले प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको पहलमा जागिर पाएका हुन् सुरेन्द्रलाई प्रजिअ प्याकुरेलले जिल्ला मालपोत कार्यालयमा सुपरभाइजरको पदमा अन्य साधारण लेखपढ गर्न सक्ने टेक बादी, बम्म बादी, रमेश बादी बलु बादीलाई सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रमा फोहोर व्यवस्थापक पदमा जागिर लगाइदिएका हुन्
जागिर पाएपछि सुरेन्द्र आइतबारबाट मालपोत कार्यालयमा हाजिर भएका छन् भने फोहोर व्यवस्थापकको जिम्मेवारी पाएकाहरूले पनि बजारबाट फोहोर उठाउन थालेका छन् प्रजिअ प्याकुरेलले बझाङमा सबैभन्दा पछाडि परेको बादी समुदायको अवस्था दयनीय देखिएकाले उनीहरूलाई जागिरको व्यवस्था गरिदिएको बताए सुरेन्द्र पढेलेखेका भएकाले मालपोतमा अन्यलाई सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रमा फोहोर व्यवस्थापकमा राखिएको हो,’ प्याकुरेलले भने
गरिबी, अशिक्षा जनचेतना नभएका कारण बादी समुदाय पुस्तौँदेखि गाउँमा मागेर खाने गथ्र्यो भने महिलाहरू यौन व्यवसाय गरी जीविकोपार्जन गर्दै आएका थिए मालपोत कार्यालयमा जागिरे भएर अफिस जाँदै गर्दा सुरेन्द्रले यसरी आफूहरूले जागिर पाउनु ऐतिहासिक भएको बताए बादी समुदायका लागि प्रमुख जिल्ला अधिकारीले ठूलो गुन लगाएका छन्, एकैपटक पाँचजनाले जागिर पाउनु ऐतिहासिक कुरा भएको ,’ उनले भने
सुरेन्द्र बादीले जिल्ला मालपोत कार्यालयको मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत सुपरभाइजर पदमा नियुक्ति पाएका हुन् खरिदार तहको पदमा रहेका सुरेन्द्रको मासिक तलब १७ हजार सय ३० रुपैयाँ रहेको मालपोत कार्यालयले जनाएको यता बजारको फोहोर व्यवस्थापक अन्य बादीको मासिक तलब पाँच हजार रहेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गोकुल सिंहले बताए अहिले चैनपुर जयपृथ्वी नगरपालिका पनि भएकाले नगरपालिका हाम्रो संस्थाले संयुक्त रूपमा फोहोर व्यवस्थापनको जिम्मा पाएको बादीहरूले राम्रो काम गरे पछि नगरपालिकाले नै स्थायी रूपमा राख्नेछ,’ सिंहले भने

सदरमुकाम चैनपुरका चारजना थलारा खोलीका एकजना गरी पाँचजना बादीले जागिर पाएपछि उनीहरूको समुदायको आर्थिक अवस्थामा पनि सुधार आउने स्थानीयको भनाइ

No comments:

Post a Comment