दलित जात -साहित्य

आँशुले मेटिँदैछ दलितको अभिलासा
कसरी, कसलाई दिऊँ म अछुतको परिभाषा

मन्दिरको देवतालाई टाढैबाट ढोक्नुपर्छ
अछुतमा दाँजिए म मनमै व्यथा बोक्नुपर्छ ।
मन्दिरलाई चढाएँ भिम्सेनलाई फूलपाती
अछुतसँग रिसाउने देवता पनि विश्वासघाती
अछुतको जिन्दगी हिलोमा फूल्ने कमलको फूलसरी
मनमनै देवता सम्झे विनाअर्थ भुलगरी
समाजको घेरा बाहिर चौतारी पाउँदिन
मन्दिरभित्रै बस् देवता तिम्रो सामू म आउँदिन ।
राधिका मिजार
काब्रे—६, (उनियाचौर)दोलखा

No comments:

Post a Comment