दलित बस्तीमा पानी सुविधा दिने सभासद सम्मानित -प्रेम सुनार

गुल्मी, कात्तिक १६ – गुल्मीको क्षेत्र नम्वर २ की सामानुपातिक सभासद कमला बिश्वकर्माले क्षेत्र नम्वर १ को शान्तिपुरस्थित दलित वस्तीमा पानी धाराहरु पुराई दिए पछि त्यहाँका अगुवा समाज सेवीहरुले उनलाई सम्मान गरेका छन् । आफ्नो संसद विकास कोषबाट सभासद बिश्वकर्माले एक लाख रुपैयाँ दिई शान्तिपुर वडा नम्वर ७ को रेमी वसाड , वड नम्वर २, ३ र ४ मा रहेको डाँडावन दलित वस्तीको २१ घरधुरीमा पानी पुराई दिएकी हुन् । ‘ सदियौं देखि एक डेढ घण्टाको उकालो ओरालो धाएर पानी पिउन बाध्य थिए यहाँका दलितहरु’– शान्तिपुरका दलित अगुवा एवं पुर्व शिक्षक वलबहादुर नेपालीले भने–‘ आफ्नै १ नम्वर क्षेत्रका त्यति धैरै सभासदहरु संग पटक पटक आग्राह ग¥यौ तर सुनुवाई नभए पछि २ नम्वर क्षेत्रकी सभासद बिश्वकर्मासंग आग्राह गरे पछि अहिले यो वस्तीको घर घरमा धारा भयो । ’ ‘अहिले त घरै अगाडी पानी थाप्न पाउँदा असाध्धै खुशी भएका छौं’– स्थानिय रेमी वसाड गाउँकी दलित महिला सरस्वती गैरेले भनिन् –‘ आफुहरुले जिताएर पठाएका सभासदहरुले चुनावमा मात्रै पानी खुवाउँछौं भने तर पछि फर्केर हेरेनन् । ’ स्थानिय दलित अगुवा रमेश बि.क. भन्छन्–‘ दलित समुदायको पिडा दलित समुदायकैं सभाषद भएकोले होला उहाँले सुनि हाल्नु भयो, हामी उहाँप्रति आभार प्रकट गर्दछौं । ’ स्थानिय समाज सेवी शेरबहादुर थापाले धेरै पटक आफ्नै क्षेत्रका सभासदहरुलाई यहाँको खाने पानी समस्या दर्शाउँदा पनि सुनुवाई नभए पछि यहाँका दलित अगुवा वलबहादुर नेपालीको पहलमा सभासद कमला बिश्वकर्माबाट सनुवाई भएकोमा हामी समेत आभार प्रकट गर्दछौं । भारती निम्न माध्यामिक विद्यालय शान्तिपुर ८ रेमी गैरापोखरामा सभासद बिश्वकर्मालाई स्थानियवासीले दोसाल्ला ओढाएर सम्मान गरेका थिए । 

सम्मानित हुँदै सभासद बिश्वकर्माले भनिन्–‘ समस्यामा परेका जनतालाई अर्को क्षेत्र भए पनि समधानमा जुट्नु पर्छ भनेर आफुले सहयोग गरेकी हुँ । ’ उनले त्यहाँको विद्यालयको समस्या समधानमा पनि आफुले पहल गर्ने बताईन् । कार्यक्रममा शान्तिपुर ८ का समाज सेवीहरु थानेश्वर भण्डारी शेरबहादुर थापा थरीलाल गैरै लगायतले मन्तव्य राखेका थिए । सभासद बिश्वकर्माले आफुले दिएको रकमले काम प्रभावकारी भए नभएकोबारे घर घरमा पुगेर अनुगमन समेत गरेकी थिईन् । दलित समुदायका लागि रकम पारी दिने तर एक लाख रकम पारे आधा रकमले कार्यकर्ता पोस्ने आधा रकम झारा टार्ने प्रवृद्धि भएका कारण यहाँका दलित मर्कामा परेका थिए दलित समितिका कोषाध्यक्ष गोपाल बि.कले भने–‘ ल हेर्नुहोस् सहि उपयोग गर्न सके यति धोरै रकमले पनि त यति धेरै काम हुँदो रहेछ । ’ शान्तिपुर ७, ८ र ९ त्यस गाविसको अति विकट गाउँ मानिन्छ । जहाँ अन्य समुदायका मानिसहरु पनि अनेक समस्यामा छन् ।

 मोटर बाटो खाने पानी र स्वास्थ्य जस्ता आधारभुत विकास कार्य सम्वोधन गर्न त्यहाँका जनप्रतिनिधीहरुले नसकेको गुनासो उनिहरुले गरेका छन् । शान्तिपुर ८ का पुर्व वडा अध्यक्ष क्याप्टेन टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुवै प्रधानध्यापक खिमानन्द तिवारीको स्वागत मन्तव्य र खानेपानी उपभोक्ता समितिका अध्यक्ष वलबहादुर नेपालीको सञ्चालन रहेको थियो । 

No comments:

Post a Comment