शिक्षिकाको कुटाइबाट पाँच वर्षीया बालिकाको खुट्टा भाँचियो

बाँके । ०७१ कात्तिक २८ गते
बनकटवा गाविसस्थित हिमाल विद्या निकेतनमा एल केजीमा अध्यनरत पाँच वर्षीया बालिका प्रतिज्ञी सुनारलाई शिक्षिका बइली जीएमले कुटपिट गर्दा बालिकाको खुट्टा भाँचिएको छ ।

शिक्षिकाले कात्तिक २३ गते गृहकार्य अधुरो गरेको भन्दै बाँसको लाठीले पिट्दा बालिकाको खुट्टा भाँचिएको पीडित बालिकाकी आमा सरीता बिकले बताइन् ।

पीडितकी आमा सरीता बिकले प्रिन्सिपल श्याम कुँवरले उपचार खर्च बेहोर्ने र अन्य विषयमा पनि छलफल गर्ने भने पछि बालिकाको स्थानीय क्लिनिकमा उपचार गरिएको बताइन् । कुटपिटबाट बालिकाको बाँया खुट्टाको हड्डी चर्केको छ । बालिकाकी आमाले हाल सम्म कहीं उजुरी नदिएको बताइन् ।

No comments:

Post a Comment