गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलित समुदायले लुटेर लगे

फोटो :दिवाकर भण्डारी (गढीमार्इमा काटिएका राँगा)
बारा : बाराको गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलि समुदायले लुटेर लगेका छन् । एक करोड ६० लाखमा ठेक्का लगाइएका राँगा ठेकेदारलाई लानै नदिई दलित समुदायले शुक्रवार राति सबै लुटेका हुन् । 

बलि सकिएलगत्तै ठेकेदारले राँगा तथा पाडा उठाउने तयारी गरेको अवस्थामा  बधस्थलमा दिउँसोदेखि अवरोध गर्न हजारौंको संख्यामा आएका दलितले राति लुटेका हुन् । करिब पाँच हजारको संख्यामा बलि चढाइएको राँगा तथा पाडाले भरिएको बधस्थल शनिवार बिहान भने खाली देखिएको थियो । 

यसअघि दलित समुदायले गढीमाईमा बलि चढेका रांगा बहिष्कार गर्ने बताउँदै आएका थिए । दलित समुदायका नेताहरुले महिना दिनदेखि नै सिनो बहिष्कारको अभियान चलाउँदै आएपनि उनिहरुको प्रयास निरर्थक बन्न पुग्यो । 

राजनीतिक दलमा आवद्ध दलितहरु सिनो बहिष्कार गर्ने अभियानमा सबै नेता एक भएका थिए । तर अन्तिम समयमा हजारौको संख्यामा आएका दलितले नेताको अभियानलाई बेवास्ता गर्दै बलि चढेका राँगा बोकेर घर लगेका छन् ।

हजारौको संख्यामा आएका दलितले बलि चढाइएको राँगा तथा पाडा प्रसादीको रुपमा आफुहरुले पाउनुपर्ने बताएपछि गढीमाई क्षेत्र हिजो तनावपूर्ण बन्न पुगेको थियो । 
करिब दुई सयको संख्यामा रहेका प्रहरीले बधस्थललाई घेरेर राखेका थिए । राँगा तथा पाडा उठाउन लागेको भिड्लाई तितरवितर पार्न प्रहरीले प्रयास गरेपनि ढुंगा गर्न थालेपछि प्रहरी पछाडि हटेको हो । 

गढीमाई मेला ब्यवस्थापन समितिका सचिव मोतीलाल कुशवाहाले राँगा तथा पाडा उठाउन आउनेको भिड्लाई हटाउन खोज्दा अर्को दुर्घटना हुनसक्ने खतरा बढेकाले आफूहरु पछि हटेको बताए । 
लाखौ संख्यामा भक्तजन रहेको मन्दिर क्षेत्रमा भागदौड मच्चिदा हुनसक्ने दुर्घटनाप्रति सचेत हुदै बल प्रयोग नगरिएको कुशवाहाको भनाइ थियो ।

मेलामा दलितहरूले सिनो उठाउन दिएनन्, राँगाको ठेकेदार क्षतिपूर्ति माग्ने तयारीमा 
बलिप्रथाको लागि चर्चित बाराको बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा यसपटक पनि राँगाको ठेक्का सफल हुन सकेन । पछिल्लोपटकको मेलामा नेपाल–भारतका दलितहरूले सिनो लिने अडानका बावजुद रु. ४१ लाखमा राँगाको ठेक्का लागेको थियो । यसपटक दलितहरूले सिनो बहिष्कार घोषणा गरेपछि रु. १ करोड ६० लाखमा ठेक्का लागेको थियो ।
     तर सिनो बहिष्कार गरेका नेपाल–भारतका दलितहरू आज एकाबिहानै राँगाको बलिदान हुने स्थानमा पुगेर सिनोको लागि विवाद खडा गरेका थिए । दिनभरि विवाद भएपछि समितिले दलितहरूको दबाब थेग्न नसकी साँझपख सिनो दलितहरूलाई दिने निर्णय गरेको थियो । राँगाको ठेकेदारमध्येका धीरज सहनीले बिहान साढे आठ बजेदेखि राँगाको बलि शुरू भएपछि दलितहरूले सिनोका लागि विवाद गरेका र आफूहरू सिनो उठाउन तयारी अवस्थामा रहे पनि उठाउन नसकेको बताए ।
     उनले सिनो उठाउनका लागि १२ सय कामदार, ४० वटा ट्रक र ट्रयाक्टरका साथै कलैयामा २ वटा र परवानीपुरमा १ वटा कोल्डस्टोरेजको व्यवस्था गरिएको बताए । उनले बलि चढेको राँगाको पेट काटेर आन्द्राभुँडी निकाली त्यसमा बरफ राखी कलैया र परवानीपुरको कोल्डस्टोरेजमा सञ्चय गर्ने र त्यहाँबाट छाला हटाएर मासु बिक्री गर्ने योजना रहेको बताए । दलितहरूले सिनो उठाउन समितिले निर्णय गरेपछि आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको ठेकेदार सहनीको गुनासो छ ।
     ठेक्कासहित सम्पूर्ण खर्चको आकलन गर्दा करिब साढे तीन करोडको घाटा हुन सक्ने प्रारम्भिक अनुमान रहेको ठेकेदार सहनीले प्रतीकलाई बताए । समितिले ठेक्काबापतको रकम बुझेर सम्झौता गर्दा राँगाको बलिका लागि स्थान दिने, सुरक्षा दिने र आवश्यक सबै सेवासुविधाहरू उपलब्ध गराउने लिखत गरेको भएपनि सिनो उठाउने बेलामा विवाद साम्य पार्न नसकेको, सम्झौताबमोजिमको सुरक्षा दिन नसकेको सहनीले आरोप लगाए । 
    गत मेलामा दलितहरूले सिनो लुटेर लग्दा पनि करिब २३ सय सिनो उठ्न सकेको थिएन । अत्यधिक दुर्गन्ध फैलिएपछि तत्कालीन मेला समितिले खाल्डो खनेर सिनो व्यवस्थापन गर्नुपरेको थियो । 

No comments:

Post a Comment