श्रीमतीको हत्या गरेर प्रहरी चौकीमा हाजिर

विराटनगर, कात्तिक १६ –  तेह्रथुममा एक व्यक्ति श्रीमतीको हत्या गरेर प्रहरी चौकीमा हाजिर हुन गएका छन्   म्याङलुङ नगरपालिका मा श्रीमतीको हत्या गरी डेढ बर्षको छोरा साथमा लिई एक पुरुष प्रहरीमा हाजिर हुन गएका हुन
ताप्लेजुङको फुङलिङ स्थाई घर भई तेह्रथुमको म्याङलुङ नगरपालिका बस्दै आएका ४५ वर्षका दलबहादुर बिश्वकर्माले श्रीमती ४० वर्षकी बिमला सार्कीको हत्या गरी प्रहरी चौकी पुगेर हत्या स्वीकार गरेका छन् उनले गएको शुक्रबार १२ बजे श्रीमतीको हत्या गरेको बताएका छन्

हत्यामा प्रयोग भएको हसियासहित प्रहरीको पुगेका दल बहादुरले श्रीमतीको शवलाई भान्छा कोठामा साडीले छोपेर राखेको छु भनेपछि प्रहरी घटनास्थलमा पुगेको थियो प्रहरी टोलीले शव फेला पारेपछि दलबहादुरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको

No comments:

Post a Comment