जातीय विभेद गर्ने पति, सासु ससूराविरुद्ध कारबाहीको माग

रोल्पा । ०७१ मङ्सिर ३ गते
घोडागाउँ गाविस७ की १९ वर्षीय गायत्री विकले आफूलाई छुवाछुत गरी घर बस्न नदिएको भन्दै पतिससूरा र सासूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २ गते उजुरी दिएकी छन् ।

२१ वर्षीय पति भीमबहादुर घर्ती क्षेत्री र आफूबीच लामो समयसम्म प्रेम सम्बन्ध रहेको र पछि ०७१ असोज ९ गते विवाह गर्ने भनी घरमा जाँदा सासू गौमती घर्ती क्षेत्री र ससुरा उदीराम घर्ती क्षेत्रीले दलितकी छोरी लिएर आएको भनी पति र आफूलाई घरमा पस्न नदिएको बताइन् ।

सासूससुराले घरमा बस्न नदिएपछि  आफूहरू र्स्वर्गद्वारीको धरमपानी स्थित एक होटेलमा ८ दिनसम्म बस्दा पैसा सकिएको र दाङ घोराहीस्थित मामा गोठी कामीको घरमा गएर बसी रहेकोमा ०७१ कात्तिक २६ गते घरबाट फोन आए पछि त्यहाँबाट पति भागेपछि आफू अलपत्र परेकोले प्रहरीमा उजुरी दिन परेको पीडित गायत्रीले बताइन् ।

पति घर आउनु भएको छ भनी घर जाँदा सासू ससुराले मार्ने धम्की दिएपछि आफ्नो ज्यानको सुरक्षा लागि र पति र सासूससुरालाई कारबाहीका लागि उजुरी दिएका पीडितले बताइन् । आरोपितहरूलाई तत्काल गिरफ्तार गर्न सम्बन्धित प्रहरी इकाईमा खबर गरिएको डीएसपी नवीनराज राईले बताए ।

No comments:

Post a Comment