सारंगीको धुनले दाना झर्दैन -कविराम गन्धर्व

१५ कात्तिक, दाङ । सारंगीको तार चुँडिएको महिनौं भइसक्यो । तुलसीपुर, रक्षाचौरका कविराम गन्धर्व (६५) का औंलाले सारंगीमा चाल मार्न छाडिसके । तलामा झुण्ड्याइएको थोत्रो सारंगीको तार फेर्न कविरामलाई अब मन पनि छैन । ‘तार फेरेर के गर्नु हजुर ? यसको धुनले दाना झर्दैन,’ उनले भने । त्यही सारंगी हो, जसको र्याइँर्याइँले दुई दशकअघिसम्म भकारीभरि अन्न ओइर्याउँथ्यो । तर, अहिले सारंगीको धुनले भकारी त के दाना अन्न पनि झर्दैन, नागरिक दैनिकमा खबर छ ।

 सारंगी रेटेर जीवनका ६५ वसन्त पार गरीसके बसन्तले । सानो छँदा पढ्न पाएनन् गाइने दाइले । अक्षर सिकाएजस्तै त्योबेला कविरामलाई उनका बाजेले सारंगी बजाउन सिकाए । ‘सारंगी नबजाउँदाको दिन बाजेले सारंगी रेट्ने छडीले हातमा हान्नु हुन्थ्यो,’ विगत सम्झिँदै उनले भने ‘आजभोलि भइदिएको भए सायद अक्षर चिनाउनु हून्थ्यो ।’ बाजेले उनलाई जीवन कटाउने पेसाकै रुपमा सारंगी बजाउन सिकाए । ‘सारंगी नबजाएर के खाने विचार गरेको छस् भन्दै गाली गर्नु हुन्थ्यो,’ उनी भन्छन् । बाजेकै संगतले उनी कविरामबाट गाइने दाइ भनेर चिनिए । कर्खा अर्थात उखान टुक्का हान्न पनि उत्तिकै माहिर छन् कविराम ।

No comments:

Post a Comment