नेपालमा वनस्पतिबाट तेल उत्पादनको सम्भावना राम्रो छ – डा. विष्णु परियार

वनस्पतिबाट तेल तथा डिजेल उत्पादन हुन्छ भन्ने सुन्दै आएका छौं । यस बिषयमा बेला–बेलामा चर्चा पनि हुने गरेको छ । तर, बिस्तृतमा अनुसन्धान भने हुन सकेको छैन् । यहि बिषयमा अध्ययन तथा अनुसन्धानको लागि बेलायतबाट एक टोली पोखरा आएको छ । लम्जुङमा जन्मेका डा. बिष्णु परियार अहिले बेलायतमा रहेर नेपालकै विकासको लागि विभिन्न अनुसन्धानको क्षेत्रमा क्रियाशिल छन् । उनी सहित लिड्स विश्वबिद्यालयका चियर ईन ग्लोबल चेन्जस डा. जोन लोभर्टको टोलीले विगत ८ महिनादेखि गोरखामा वनस्पतिबाट तेल उत्पादनबारेमा अनुसन्धान गरिहरेको छ । नेपाल ईनर्जी गार्डेन परियोजना मार्फत नेपालमा वनस्पतिबाट तेल उत्पादन सम्बन्धमा अनुसन्धानको लागि यहाँ आएका हुन् । मुख्यगरि सजिवन, रिठ्ठा, सल्लो, साल लगायतका वनस्पतिबाट तेल तथा डिजेल उत्पादन हुने डा. परियारले बताए । उनी मासिक अनलाईन ओपन एक्सेस कोर्स (मुक)मा पनि आबद्ध छन् । वनस्पतिबाट तेल तथा डिजेल उत्पादन नेपालमा कति सम्भावना छ, सफल हुन्छ कि हुदैन भन्ने लगायतका बिषयमा पोखरापत्र–संवादका लागि डा. परियारसंग महेशकुमार खातीले गरेको कुराकानीः
नेपाल इनर्जी गार्डेनको उद्देश्य के हो बताईदिनु न ?
भारतको बेङलोर नजिक हासान पार्कमा बालकृष्ण गाउडाले त्यहाँको वनस्पति प्रयोग गरि तेल उत्पादन गरे । हाम्रो नेपालमा पनि त्यो सम्भावना छ । सजिवन लगायतका वनस्पति छन् । त्यसलाई प्रसोधन गरि तेल उत्पादन गर्न सकिन्छ । हावापानी सबै मिल्छ । धेरै वनस्पति पाईन्छन् । खेर गएकोलाई प्रयोग गरौं भन्नका लागि अध्ययन हो । भारतमा भएकोलाई हामीले पनि यहाँ गर्न सक्छौं भनेर पाईलट स्टडी हो । सिमान्तकृत समुदायको हितको लागि यसले फाईदा पु¥याउने छ ।
 कहिलेबाट शुरु भयो अनि अध्ययनको अवधि कति हो त ?
यो १८ महिनाको अध्ययन हो । अहिले ८ महिना भयो । नेपालमा शुरु भएको छ कार्य । नेपाल धेरै पार्टनरहरु छन् । ईसन, एन्साफ, प्राटिकल एक्सन नेपाल, फेडो, लगायतका संघसंसथाहरु आबद्ध छन् । स्कोप कस्तो छ । सम्भव छ कि छैन् भन्ने लगायतका बिषयमा अध्ययन भैरहेको छ । यो सक्सेस भएमा यसले नेपालको लागि धेरै फाईदा हुनेछ ।
 कुन ठाउ“मा अध्ययन गर्नुभएको छ ?
हामीले गोरखा जिल्लालाई छानेका छौं । उच्च हिमाली, मध्यम पहाडी लगायतका सबै क्षेत्र त्यहाँ छ । त्यसले गर्दा त्यहाँ अध्ययन गर्दा सबै कुरा आउने छ । त्यहाँ फरक फरक तथ्य तथा वनस्पति पाईने छ । गोरखामा अहिले पाईलट स्टडि गरिरहेका छौं । आर्थीक, सामाजिक, वातावरण सबै सन्तुलित डेटा आउनेछ । फिल्ड वर्क गर्दैछौं ।
 नेपालमा वनस्पतिबाट तेल उत्पादन गर्ने सम्भावना कत्तिको छ ?
सम्भावना अत्यन्तै राम्रो छ । पछिल्लो समयमा वनस्पतिबाट तेल उत्पादन गर्ने क्रम बढ्दो छ । यसले स्थानियदेखि लिएर राष्ट्रलाई नै फाईदा पु¥याउने छ । तर, यो शुरु गर्नका लागि भने केहि नियम कानुन चेन्ज गरिनुपर्छ जस्तो मलाई लाग्छ ।
 कुन–कुन वनस्पतिबाट तेल निस्कन्छ ?
सजिवन, रिठा, साल, सल्लो लगायतबाट तेल निस्कन्छ । सबैभन्दा बढि त सजिवन नै हो । यसको धेरै सम्भावना छ । अहिले हामीले अध्ययन गरीरहेका छौं । अध्ययनपछि टेक्नोलजी लगायतमा सहयोग गर्ने छन् ।
 अध्ययन गरीरहनु भएको छ सम्भावना कस्तो छ त ?
अहिले त हामी अध्ययनमै छौं । डेटा संकलन भैरहेको छ । अहिलेसम्म हेर्दा धेरै नै सम्भावना देखिएको छ । अब हामीले अध्ययन गरीसकेर जान्छौं । पछि तेल उत्पादन गरेर मात्र भएन बजार, स्थानियको माग लगायतमा पनि भर पर्छ । अहिलेसम्म
हेर्दा धेरै नै पोजेटिभ छ । मान्छेले कसरी ग्रहण गर्छ लगायतमा अध्ययन केन्द्रित छ ।
 यो सफल भएमा त नेपालका लागि त धेरै नै फाईदा हुन्छ नि है ?
यो शुरु भएमा छ नेपालका लागि असाध्यै फाईदा हुन्छ । अहिले पनि नेपालमा डिजेल, तेल सबै ल्याउन साह्रै नै समस्या छ । बिदेशबाट ल्याउँदा कस्ट धेरै नै हुन्छ । तर, यो हामीले शुरु गरेको सक्सेस भयो भने देशका लागि फाईदा अत्यन्तै हुन्छ । हामीले तेल उत्पादन गरेर केहि मोटर, टेम्पो चलाउन सकियो भने राम्रो हुन्छ । नेपालमा बाहिरबाट तेल ल्याउँदा देशलाई आर्थीक रुपमा घाटा भएको छ । हामीले अध्ययन गरिरहेको यो प्रोजेक्ट सक्सेस गर्न सकेमा देशका लागि धेरै राम्रो हुनेछ।
 यो अध्ययन कसरी र कति खर्चमा गरिरहनु भएको छ नि ?
अहिले पनि अध्ययनमै छौं । नेपाल करिव १ करोड ६० लाखको अध्ययन भैरहेको छ । यो सफल भयो भने ठुलो प्रोजेक्ट आउँछ । तेल प्रसोधनकै लागि अर्बौ रुपैया लगानि हुन्छ । त्यसमा हामी ढुक्क छौं । सक्सेस भयो भने साहै्र राम्रो गर्छ । पछि यसले स्थानीयलाई धेरै नै सहयोग र फाईदा गर्ने छ ।
 सरकारी निकायसंग समन्वय के भएको छ त ?
अहिले हामीले सम्भावनाको बिषयमा अध्ययन गरिरहेका छौं । राज्यसंग औपचारिक रुपमा छलफल भएको छैन् । हामीले सबै रिपोर्ट तयार गरेपछि मात्र पछि फेरी औपचारिक रुपमा बसिने छ । हामी करिव ६ हप्ता नेपालमै बसेर अध्ययन गर्ने छौं । बिचमा आउने जाने भैरहन्छ ।
 मासिक अनलाईन ओपन एक्सेस कोर्स (मुक) सञ्चालन गरिरहनु भएको छ यस बारेमा भनिदिनुहोस् न ?
मासिक अनलाईन ओपन एक्सेस कोर्स हो । अनुसन्धानलाई विश्लेषण गरियो भने विद्यार्थीलाई फाईदा हुन्छ भन्ने हो । संसारभर यो धेरै पपुलर छ। तर नेपालमा किताबमा जे छ त्यो मात्र हुन्छ । यसले नेपाली बिद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षाबारेमा जानकारी दिनको लागि हो । नेपालीलाई फाईदा होस् भनेर यसले दुई देशका विद्यार्थी र विज्ञलाई जोड्ने काम गर्छ । मुख्य त बिदेशी शिक्षा यहाँ नेपालीलाई जानकारी गराउनका लागि हो । मंगलबारमात्र पोखरा विश्वबिद्यालयमा हामीले यसबारेमा कुरा भयो । हाम्रो प्रोफेसरले यहाँ विद्यार्थीलाई लेक्चर दिनुभयो ।
 तपाई बेलायतमा १० बर्षदेखि रहँदै आउनु भएको छ, त्यहा“ नेपालीको अवस्था कस्तो छ ?
नेपालीको अवस्था राम्रो छ । नेपालीले जहाँ गएपनि राम्रो सम्मान पाउँछन् । वर्षौदेखि विरताका साथ लडेको भएर गोर्खालीहरुले सम्मान पाएका छन् । पैसा कमाउन र पढ्नका लागि पछिल्लो समयमा पुग्ने नेपाली धेरै छन् । धेरै संघर्ष गरिरहेका छन् नेपालीले । त्यहाँ रहेका भुपु आर्मीका नेपालीहरुको पनि अवस्था राम्रै छ ।
 वेलायत पुगेर पीएचडि गर्नुभयो, तर नेपालमा दलित समुदायको अवस्था अहिले पनि खासै परिवर्तन भएको छैन्, भनिदिनुहोस् सफलताका लागि के गर्नुपर्छ ?
सबैभन्दा पहिला शिक्षित हुनुपर्छ । आफ्नो अधिकारको लागि फाईट गर्नुपर्छ । अधिकारको लागि अघि बढ्नुपर्छ । पहिला त पढाउनुपर्छ भन्ने हुनुपर्छ बावुआमालाई तब मात्र बच्चाले राम्रो पढ्छ अनि राम्रो हुन्छ । शिक्षाले नै विकास गर्छ । गरिवीबाट मुक्त पाउने भनेको शिक्षाबाटै हो । मेरो सवालमा भन्नुपर्दा मेरो अभिभाबक शिक्षा ग्रहण गर्नुभएको थिएन । मैले दुबैको लागि पढ्नुपर्ने थियो । मेरा बावा आमाले धेरै नै गर्नुभयो मलाई पढाउनको लागि । उहाँहरुकै कारणले आज यहाँ छु । पारिवारिक सर्पोट धेरै राम्रो भयो । मेरो पर्सनल मेहनतले पनि हो । बुढानिलकण्ठमा पढ्ने अवसर पाँए । त्यहाँ राम्रो अवसर भयो । मलाई देशले पनि धेरै लगानि गरेको छ । मौका भनेको एकपटक एउटा ढोकाबाट आउँछ त्यसलाई च्याप्प समात्नुपर्छ । फेरी आउने छैन । तबमात्र सफल भईन्छ । त्यो फेरी आईरहदैन् ।
 भविष्यमा नेपाल फर्कनुहुन्छ कि बेलायतमा बस्नुहुन्छ नि ?
अहिले तत्काल भन्न सक्दिन । म अहिले विकास सम्बन्धि रिसर्चमै लागिरहेको छु । म भर्खरै करिअर शुरु भएको छ । अहिले एकै देशमा बस्नुपर्छ भन्ने पनि छैन् । ग्लोबलाईजेसनको जमाना हो । बिदेशमा बसेर पनि नेपालको लागि धेरै गर्न सकिन्छ । अलि राम्रो रिसर्च गर्न सकियो भने । भोली नेपालकै पनि गर्वको बिषय हुनेछ । भोली के हुन्छ भन्न सकिन्न तर, म जे गर्नेछु नेपालकै लागि । नेपाल आउने जाने गरिहरने छु ।

No comments:

Post a Comment