घरबाट निकाला गरेको आरोपमा घरपरिवारका सदस्य विरुद्ध उजुरी दर्ता

०७१ जेठ १८ गते ,चितवन अन्तरजातीय विवाह गरेकै कारण आफूहरूलाई घरबाट निकाला गरेको आरोपमा भरतपुर नपा- बस्ने २० वर्षीय दिब्वेश पियाले बुबा ४५ वर्षीय दिनेश पिया, आमा ४० वर्षीया करुणा पिया लगायत घरपरिवारका अन्य सदस्य विरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्

दिब्वेशले आमाबुबा, हजुरबा हजुरआमा, ठूलोबाबु, काका कान्छी आमासमेत गरी जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुतक सुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गराएका हुन् अन्तरजातीय विवाह गरेकै कारण घरपरिवारले आफ्नी पत्नीबाट छुटाउन खोजेको पछि गएर घरबाट नै निकाला गरेकोले बाध्य भएर उजुरी दिन परेको उनले बताए

दिब्वेशले भरतपुर नपा- की संस्कृति घिमिरे विश्वकर्मासँग ०७० जेठ गते विवाह गरेको दलित केटीसँग विवाह गरेको भनि परिवारजनले छुटाउन अनेकौँ प्रयास गरेको पीडितहरूले बताए विवाह पश्चात उनीहरू घर बाहिर डेरा गरी बसेको बताउँछन् लामो समयसम्म डेरा गरी बस्दा पनि घरबाट वास्ता नगरेपछि पीडित दुवैजना ०७० चैत २० गते घरमा जाँदा सबै मिलेर घरमा पस्न नदिई निकालेको जाहेरीमा उल्लेख गरिएको जातीय भेदभाव विरुद्ध काम गर्दै आएका विभिन्न सङ्घसंस्थाले घरपरिवारसँग मिलाएर राखिदिन खोज्दा पनि आमाबाबु तथा परिवारका अन्य सदस्यले अस्वीकार गरेपछि उनीहरूले प्रहरीमा उजुरी दिएका हुन्
आरोपितहरूलाई गिरफ्तार पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए

No comments:

Post a Comment