राजधानीमा सडक मर्मतका लागि बढीजसो दलित समुदायका

BAL-SHRAMIK-at-BANESHWOR४ मंसिर, काठमाडौं । नयाँबानेश्वर चोकमा विहीबार बिहान घाम नलाग्दै जाडोमा दुई बालक र एक किशोर बेल्चा चलाइरहेका थिए । सार्कका पाहुनालाई देखाउनका लागि फूल रोप्ने ठाउँ बनाइरहेका मध्ये एक जनाले सडक मजदुरको पोशाक लगाएका थिए ।
तीनमध्ये एकको उमेर १८ वर्ष पुगे पनि वीचमा उभिएका मजदुरको उमेर १४ वर्षमात्रै रहेको कृष्ण सदन अगाडि काम गरिरहेका उनका अर्का आफन्तले बताए ।
पढ्ने लेख्ने उमेरमा यसरी शहरियाहरुको सुन्दरताका लागि गाउँबाट राधानीमा आएर एकाबिहानै हिलो माटोमा पस्नु यिनीहरुको बाध्यता नै हो ।
राजधानी राम्रो र झिलीमिली बनेको समाचार कागज र काँचमा पर्दामा छाइरहेका बेला बानेश्वरमा विरुवा र फूल रोप्ने यी गरीवका छोराको भविश्य र वर्तमानबारे काठमाडौंले कुनै चासो राखेको देखिँदैन ।banaudi (2)
न त सार्कका नाममा गोष्ठी र सेमिनारमा रम्नेहरुले नै यी दलित बालक र किशोरहरुको भविश्यबारे चिन्ता गरिरहेका छन् ।
राजधानीमा सडक मर्मतका लागि दाङ र सल्यानबाट ठेकेदार र एजेन्टहरुले कमिसन खाएर कामदारहरु काठमाडौं भित्र्याएका छन् । यसरी काठमाडौं भित्रिनेमा बढीजसो दलित समुदायका छन् ।
‘हामी सल्यानबाट १७ जना आएका छौं,’ ‘बानेश्वरको सडकमा सिमेन्ट र बालुवा मुछिरहेका एक कामदारले अनलाइनखबर भने, ‘हामीलाई खाना खाएर दिनको ४ सय ज्याला हुन्छ भन्दै ल्याएका हुन्, तर ३ सय, साढे ३ सय मात्रै दिने गरेका छन् ।’
हामी १८ वर्ष पुगिसक्यौं : बिक
पढ्ने लेख्ने उमेरमा नयाँ बानेश्वर चोकैमा एकाबिहानै बेल्चा बोकेर उभिएका दाङका भूमबहादुर बिकले आफूहरुको काम गर्ने उमेर पुगिसकेको दाबी गरे । वीचमा उभिएका प्रकाश बिश्वकर्मा पनि १८ वर्ष पुगेको उनले दाबी गरे ।
उनीहरुको दाबी सुन्दा यस्तो लाग्थ्यो, गाउँबाट पैसा कमाउन काठमाडौं आएका बेला आफूहरुलाई उमेरको हद लगाएर बञ्चित नगरियोस् ।
मानवअधिकारवादीले १४ वर्षभन्दा बम उमेरका बालबालिकालाई काममा लगाउन नपाइने बताउँदै आएका छन् । त्यस्तै पढ्ने लेख्ने उमेरका केटाकेटीलाई जोखिमपूर्ण काममा लगाउन नपाइने कानूनी प्रावधान छ ।
BAL-SHRAMIK-at-BANESHWOR-2तर, बानेश्वरमा भेटिएका प्रकाशजस्तै गाउँका गरीबका छोराछोरीका लागि भने काम गर्न नपाउनु भनेको भोकै रहनु हो । यस्ता निर्दोष र कलिला किशोरहरुलाई फूल रोप्न लगाएर काठमाडौंमा आयोजना गरिन लागेको १८ औं सार्क सम्मेलनले कसको भविश्यका बारेमा बहस गर्ला ?
सार्क सम्मेलनका विषयमा यतिबेला  काठमाडौंमा  रंगरोकन र सजावटको मात्रै चर्चा भइरहेको छ, बहस हुनुपर्ने एजेन्डा र समुदायका विषयहरु छायाँमा परेका छन् ।

No comments:

Post a Comment