दलितका सवाललाई संविधानमा सुनिश्चिता गर्न सञ्चारमाध्यमको भूमिका अह्म हुने

??????????????????????????????????????????????????????????????
टेकेन्द्र बस्याल
कार्तिक १८ ।
सताब्दिदेखि राज्यका निकाय, श्रोत साधन र आर्थिक रुपमा वञ्चितीकरण रहेका दलितका सवाललाई अवको संविधानमा सुनिश्चिता गर्न सञ्चारमाध्यमको भूमिका अह्म हुने बताइएको छ । जागरण मिडिया सेन्टरद्धारा देलेख सदरमुकाममा आयोजित सञ्चारमाध्यममा दलित सवाल र संविधान निर्माण प्रक्रिया विषय अन्तरक्रियाका सहभागीले दलितका सवालमा सञ्चारमाध्यम उनीहरुको आवाज भएर आउनुपर्ने उल्लेख गरे । कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुलीले संविधानबाटै सबै जाती, भाषी, समुदायको अधिकार स्थापित हुने भन्दै दलित समुदाय संविधान निर्माणप्रति केन्द्रित हुनु र सवाल उठाउनु सकरात्मक कार्य भने । उनले यस समयमा आवाजविहिनको आवाज सञ्चारमाध्यमले दलितका सवालहरु उजार गर्नुपर्ने सुझाव दिए ।

???????????????????????????????
प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले आम सञ्चार माध्यम सशक्त आवाज भएकोले दलित सरोकार निकायले सञ्चारमाध्यमसंग सहकार्य गरी संविधानमा उठाउन सकिने सवाललाई राज्यका तहसम्म पुर्याउन सहजै सकिने बताए । सञ्चार माध्यमबाट दलित सवाल र मुद्धालाई वकालत गराउन सञ्चार जगत समावेशी हुनुपर्ने भन्दै उनले भने, नेपाल प्रेस युनियन र पत्रकार महासंघले यो पक्षमा जोड दिएको छ । पत्रकार महासंघ देलेखका अध्यक्ष नमन शाहीले स्थानीय तहका सञ्चार माध्यमले जहिल्यै पनि सिमान्तकृत, पछाडि परेका समुदायका सवाल र मुद्धालाई प्राथामिकता दिने गरेको भन्दै त्यसभित्र दलित सवाल पर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव दिपक परियारले निर्माण पक्रियामा रहेको संविधानमा दलित सवाल र समावेशीका मुद्धा कसरी सशक्त पार्ने भन्ने विषयमा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने बताए । अव हामीले दलितका सवाललाई दुर्गम र ग्रामिणस्तरबाट उठाउन पर्छ भन्ने अभियानमा छौ, उनले भने, दलित समावेशी सिद्धान्त र मुद्धालाई स्थापित गरी संविधान निर्माण दिशामा लैजान मिडियाको सहयोग चाहिन्छ । कार्यक्रमका सहभागीले नेपाली सञ्चार माध्यमले दलितका सवाल र मुद्धालाई प्राथामिकता दिन नसकेको र समाचार आएपनि नकरात्मक कोणबाट आउने टिप्पणी गरे । आयोजित क्षेत्रीय कार्यक्रममा मध्यपश्चिमका दश जिल्लाका ४० बढी पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता बसन्त अधिकारीले संविधान सभाबाट संविधान निर्माणको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरे । दलित अभियान्त तथा अधिकारकर्मी जेवि विश्वकर्माले नँया संविधान,दलित अधिकार र मिडियाको भुमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment