मानसिक तथा शारीरीक रुपमा यातना दिएको भन्दै उजुरी

ललितपुर जिल्ला मानिखेल गाविस-४ घरभई हाल काठमाडौँ कामनपा-१५ स्वयम्भु डेरा गरी बस्ने २७ वर्षीया लक्ष्मी तिखत्रीले पति २६ वर्षीय उमेशकुमार नेपालीले मानसिक तथा शारीरीक रुपमा यातना दिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा कात्तिक १७ गते उजुरी दिएकी छन् ।

पति उमेश स्वयम्भुकी एक महिलासँग सम्बन्ध राखी हिड्नेगालीगलौज गर्नेअमानवीय व्यवहार गरी आफूलाई खानलाउन समेतको वास्ता नगर्ने गरेको पीडितले बताइन् । पति उमेशलाई महिला हिंसा ऐन ०६६ बमोजिम कारबाही गरी शान्तिसुरक्षा तथा लालनपालनको व्यवस्था गरिपाउँ भनी पीडितले उजुरीमा माग राखेकी छन् ।

उजुरीसँगै सेवा केन्द्रकी प्रहरी नायव निरीक्षक गिता थापाले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन आजै महानगरीय प्रहरी वृत्त कालिमाटीलाई पत्राचार गरेको बताइन् । पीडित लक्ष्मीको उमेशसँग छ महिना अघि मात्र सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।


No comments:

Post a Comment