नक्कली श्रम स्टिकर टाँसी दुवई जान लागेकी बिक पक्राउ

काठमाडौं, कात्तिक १९– पासपोर्टमा नक्कली श्रम स्टिकर टाँसी दुवई जान लागेकी एक महिलालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । कास्की लेखनाथकी दिलमाया बिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर अन्तर्गतको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार बिमानस्थलमा शंका लागि स्टिकर चेकजाँच गर्दा नक्कली भएको अवस्थामा फेला पारी बिकलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।
बिक यसअघि भारतको दिल्ली हुँदै दुवई गई बिदामा नेपाल आई फेरि दुवई फर्किन लागेको भन्ने खुल्न आएको हुँदा यस सम्बन्धमा समेत आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment