४ बर्ष ८ महिनाको बच्चाको तौल ४० किलोे

प्रेमनारायण आचार्य/ उज्यालो। अर्घाखाँची,कात्तिक २८ -  साढे चार वर्षको बच्चाको तौल कति होला ? धेरै भए १०, १२ या बढीमा १८ किलोसम्म । तर अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वाड न.५ वागंला मौलीपोखराका ४ बर्ष ८ महिनाको बच्चाको तौल ४० किलोे छ ।
बि.स. २०६६ साल फागुन २९ गते गुल्मीको रुरु गाविसमा जन्मिएर हाल वांगलाको मौलीपोखरा बस्नु हुने आशिष सुनारको उमेर ४ बर्ष आठ महिना  छ भने तौल ४० केजी छ । जन्मिदा आशिषको तौल कति थियो भन्ने थाहा नभएको बुबा गोकुल सुनारले बताउनुभयो । हिँड्डुल गर्ने, खाने, कुराकानी गर्ने सबै गरे पनि पढ्नका लागि बिद्यालय जान नखोज्ने आशिषले खानामा बढी मासु खान मन पराउने उहाँकी आमा लक्ष्मीले बताउनुभयो । मौलीपोखरामा सुनचाँदीका गहना बनाउने गोकुल र लक्ष्मीका दुईछोरा मध्ये आशिष कान्छो हुनुहुन्छ। आशिषको ८ वर्षिय दाजु आयुष सुनारको तौल बढीमा २० किलो मात्र छ । सामान्यतया ५ वर्षको बालकको तौल १५ देखि बढिमा २० बर्षको हुनुपर्ने र ५ बर्षमा ४० केजी हुनु अस्वभाविक भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीले बताउनुभयो ।
उमेर साढे चार वर्ष,  तौल ४० किलो

No comments:

Post a Comment