शोभा परियारको परिवारलाई तनहुँ सेवा समाज दोहाको रु १ लाख ५ प्रदान

कात्तिकः रोजगारीको शिलशिलामा साउदी अरबमा मृत्युदण्ड पाएकी भीमाद निवासी शोभा परियारको परिवारलाई तनहुँ सेवा समाज दोहाले रु १ लाख ५ प्रदान गरेको छ । तनहुँ घर भै कतारको दोहामा रोजगारी गर्ने युवाहरुबाट संकलित सो रकम आईतबार दमौलीमा एक कार्यक्रम गरी मृतकका छोरा दिवसलाई हस्तान्तरण गरे ।
 
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले खाडी राष्ट्रमा रहेर पनि देशमा रहेकाहरुको आपद विपदमा सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले समाजले यसअघि पनि यस्तो सहयोग कार्य सञ्चालन गरेको बताए ।
कार्यक्रममा समाजका अध्यक्ष निमलाल कुमालले सकेको सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिबद्धता जनाए । उनले नेपाल पत्रकार महासंघको भवनका लागि पनि सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।
 
आमाले मृत्युदण्ड पाएको र बुबाले अर्कैसंग विहे गरेर सम्र्पक विहिन भएपछि दिवसको पठनपाठनमा समस्या भएको थियो । हाल भीमाद भावरस्थित मामाघरमा बस्दै आएका उनको मुटुमा प्वाल समेत परेपछि उपचारका लागि समेत समस्या भएको थियो । उनी स्थानीय बालज्योती प्रावि कक्षा ५ मा अध्ययनरत छन् ।

No comments:

Post a Comment