घरनिकाला गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी

जुम्ला । ०७१ मंसिर ४ गते
पाण्डव गुफा गाविस७ माइतीघर भई मुगु जिल्ला शेरी गाविस-९ पतिको घर भएकी २४ वर्षीया सावित्रा दमाईले आफूलाई घरनिकाला गरेको आरोपमा २५ वर्षीय पति उब्जन दमाईविरुद्ध मंसिर १ गते जिल्ला प्रहरी कार्यालयमहिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन्  

पतिले घरमा कुटपिट गरी दुःख दिने र यौन हिंसा गरेका कारण प्रहरीमा उजुरी दिन परेको पीडित महिलाले पीडा व्यक्त गरिन ।भदौ ४ गते पतिले घर निकाला गरेपछि माईती घरमा छोरीसँग बस्दै आएको र मंसिर १ गतेदेखि जिल्ला सदरमुकामस्थित अल्पकालिन महिला सेवा केन्द्रमा बस्दै आएको पीडित महिलाले बताइन् ।

आरोपित पतिले आफुलाई खानलाउन नदिएको  र छ वर्षो छोरा पनि खोसेर लगेको पीडित महिलाले बताईन् ।पीडित महिलाको उजुरी उपर कारवाहीका लागि मुगु जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको जिल्ला प्रहरी कार्यालयमहिला तथा बालबालिका सेवा केन्द्रकी सई सुशिला गुरुङले बताइन् ।

No comments:

Post a Comment