दलितलाई गैरभौगलिक प्रदेश : संसारमा भूगोल नै नभएको प्रदेश हुन्छ ?

डा. भिमार्जुन आचार्य
आगामी माघ ८ गते नयाँ संविधान आउने कुरामा यहाँको बुझाई र बिश्लेषण के छ ? 
हामीले देखेको कुरा बोल्ने हो । घटनालाई विश्लेषण गर्ने हो । माघ ८ गतेको कार्यतालिका अनुसार संविधान आउने सम्भावना देख्दिन । त्यसमा धेरै कारणहरु छन । सायद अन्तिमसम्म प्रयासहरु भए भने संविधान बन्ने सम्भावना रहला ।
अझै पनि कार्यतालिका प्रभावित भएको छैन ? कसरी तपाईले माघ ८ भित्र संविधान बन्न गाह्रो छ भन्नु भो । 
यसको मूल कारण छ । प्रभाव त हिजो आज बाट शुरु भै सक्यो । संविधानको कार्यतालिका अनुसार भदौको अन्तिम सातासम्म संविधानसंग जोडिएका विवादित विषयहरुलाई मिलाउनुपर्ने उहाँहरुको कार्यतालिका छ । भदौको अन्तिम सातासम्म ती विवादित विषयहरुलाई टुङगाएर संविधानसभाको पूर्ण बैठकमा त्यसको प्रतिवेदन पेश गर्ने र कुनै नयाँ कुरा आयो भने त्यसको सम्बोधन गर्न संविधानसभामा लाने कुरा छ । त्यो चिज चाहि हिजो आजको कार्य गराईमा त्यो देखिएन । असोज महिनामा त संविधानको मस्यौदा नै तयार हुनु पर्छ जसलाई राजपत्रमा प्रकाशित गरेर आमनागरिकमा छलफमा लार्नुपर्छ । यससम्बन्धी कुनै त्यस्तो गाह्रो देख्दिन । तर राज्य पुनृसंरचनाको विषयमा प्रवेश नगरेको कारणले गर्दा मलाई लाग्छ माघ ८ गतेको सम्भावना छैन् । मानसिक तयारी हुदाँ खासै फरक नपर्ला । १०० प्रतिशत बन्दैन भन्दा पनि जनतामा निराश आउछ । त्यो भन्दा पनि कार्यतालिका अनुसार ल्याउनु भनेर चाहना राख्दा राम्रो हुन्छ होला ।
दलहरुले त माघ ८ को विकल्प नै छैन भनेका छन ? संविधानसभा अध्यक्षले त्यो मिति भन्दा तलमाथि हुदैन भनीराख्नु भएको छ ?अहिलै नै बन्दैन भन्दा नकारात्मक असर पर्न जान्छ कि ? 

नकारात्मक जादैन । हामीले सार्वजनिक ठाँउमा झुट बोल्दा सक्दैनौ । नेताहरुलाई चाहि छुट हुन्छ होला । तर हामी जस्तो मान्छेले झुट बोल्ने भन्ने हुदैन । संविधान कार्यतालिका उहाँहरुले बनाएको हुनाले संविधान ल्याउछु भन्ने कुरा बाध्यता हो । मेरो पनि कामना छ । माघ ८ गते के चुनौतिहरु देख्छु भन्दा संविधानको नाममा नेपाल र नेपालीहरुले धेरै समय खर्चिए । यो अति भो । नेपाली जनतालाई एक थान संविधान चाहिएको छ । उहाँहरुले सके त माघ ८ भन्दा अगाडी नै संविधान जारी गरे हुन्छ । तर प्रश्न के हो भन्दा उहाँहरुले भदौको तेश्रो सातामा विवादित मुद्धाहरु जसरी टुङाउने प्रतिवद्धता जुन गर्नु भएको थियो त्यो नगरि सकेपछि, कुनै पनि हालतमा संविधान जारी हुन सक्दैन ।

तपाईले भनेको यो एकथान संविधान भनेको के हो ? 
होइन, लोकतान्त्रिक संविधान हो । नेपाल र नेपालीहरुको संविधान हो । संविधान एक थान आउने भएको हुनाले एक थान भन्या हो । संविधान वहुवचन हुदैन । कहिले काही केही नेताहरुले आर्दशका कुरा गर्दछन । त्यो गलत कुरा हो । हामीले आमनागरिकलाई अहिले देखिनै के भन्नुपर्छ भने संविधानका केही सिमाहरु हुन्छन । सक्ने कुराहरु संविधानमा सम्बोधन गर्ने हो नसक्ने कुराहरु संविधानकावादहरु नाराहरु संविधानमा आउदैन । त्यो कुराहरु आमनागरिकमा हामीले भनेनौ भने भोली संविधान आएको वेला नागरिकमा भएको कुन्ठाहरु आउन सक्छन । मैले के भनेको भन्दा संविधान लेख्नको निम्ति दलहरु व्यवहारिक हुन जरुरी छ । त्यो भनेको जनताका अधिकारका कुरा संविधानमा लेख्नुहोस । उत्पीडितका कुराहरु छन, दलितका कुराहरु छन ती सबै संविधानमा लेख्न सकिन्छ । तर नसकिने कुराहरु किन भन्दै हिड्ने ? त्यसैले जति सक्दो छिटो एउटा यो अध्यायको अन्त्य गर्ने ।
तपाईले भनेजस्तो संविधान भित्र लेख्नै नपर्ने कुराहरु पजि दलहरुले लेख्न लागेका छन छ र ? 
यहि निर त हाम्रो कमजोरी । अहिलेको संंविधानभित्र भएका मुद्धाहरु आधा भन्दा धेरै मुद्धाहरु हाम्रो संविधानमा सरोकार नै राख्दैन । तपाईले सिंङ्गो देशलाई देशान्तर गदै हुनुहुन्छ । राज्यपूनसंरचनाका विषयहरु जातीयका, पहिचानका र जातीय राज्यका त्यो संविधानका सम्पूर्ण रुपमा मुद्धा नै होइन । जुन २१ औ शताब्दीमा लेखिने संविधानमा जुन कुरा उठाउन नमिल्ने थियो । त्यो मुद्धा उठाई राख्नु भएको छ । मेरो भाषामा त्यो मुद्धा नै होइन । उत्पीडित दलित जातीको कुरा एउटा कुरा हो । त्यो जायज कुरा हो । संविधानले सम्बोधन गर्नुपर्ने कुरा हो । राज्य संरचनाको कुरा त्यो सहि छ । जातीय राज्य कुरा यो देशमा सबैभन्दा उत्पीडनमा परेको समुदाय दलित हो हिजो संविधानसभाले राज्य दिने भन्यो । हिजोको प्रस्तावित १४ प्रदेशमा ९ वटा जातीय प्रदेश भए । सबैभन्दा उत्पीडित वर्ग दलितले भन्यो मेरो स्थान कहाँ छ ? दलितलाई के जवाफ दियो भन्दाखेरी दलितलाई हामीले गैरभौगलिक प्रदेश दियौ भने । संसारमा भूगोल नै नभएको प्रदेश हुन्छ ? यो भन्दा नचाहिने मुद्धा कहि हुन्छ ? मैले के गर्न खोजेको भन्दा हामीले उठाएका कयौ मुद्धाहरु नचाहिने छन । त्यस्ता मुद्धाहरुमा हामीले समय खेर नफालौ । यो कुरालाई तपाई बढाउनु भयो भने संविधान लेखिदैन, लेखिए पनि संविधान काम लाग्दैन ।
संविधानसभाले जुन काम गरिराखेको छ यो हिजोको संविधानसभाले गरेको काम हो । मतलव हिजो गरेकै काममा संविधानसभा घुमिराखेको छ । जुनजुन कुराहरु सहमति भएका थिएनन । ती कुराहरु यथावत नै छन । यसले पनि ढिलाई गर्छकी ? 
हो त, हाम्रो चाहना माघ ८ गतेनै संविधान आहोस भन्ने हो । यो दलहरुको प्रतिवद्धता हो । उहाँहरुले निर्वाचनको बेला माघ ८ गते संविधान जारी गछौ भनेर भन्नु भो । उहाँहरुले कार्यतालिका बनाउदा माघ ८ गते नै लेख्छौ भनेर कार्यतालिका बनाउनु भो । हामीले त्यो भनेको होइन । हामीले दिएको समय त चार वर्षको लागि हो । २ वर्षमा लेख्छौ भनेर भनेको भएपनि हामीले आपत्ति गर्ने थिएनौ । तर प्रश्न के हो भनेदेखि जे सक्नु हुन्छ त्यो भन्नु होस हाम्रो कामना त्यो हो । नहुनी कुरामा नागरिकलाई वेबकुफ र उल्लु बनाउने तपाईहरुलाई अधिकार छैन । माघ ८ पनि त्यहि हो क्या । केही कामहरु उहाँहरुले गर्नु भो तर केही गर्नु भएन । त्यहि कारणले संविधान जारी भएन । हिजो जुन मुद्धामा हामीले संविधान सभालाई असफल बनायौ त्यो मुद्धामा उहाँहरु प्रवेश नै गर्नुभएको छैन् । त्यो मुद्धा भनेको राज्यपुनसंरचनाको, संघिय राज्यको हो । भन्दै हुनुहुन्छ म माघ ८ गते भित्र संविधान ल्याउछु । ल्याउनुहोस स्वागत छ । तर जुन चिज नहुने हो त्यो चिज किन बोल्नुहुन्छ ? त्यो नबोल्दा जनतामा हिनता हुदैन । अझै पनि समझदारी र व्यावहारीक भएमा संविधान आउन सक्छ । आहोस भन्ने हाम्रो कामना हो । 
प्रस्तुतिः पुरन दर्नाल

No comments:

Post a Comment