चिया चर्चा अभियान धनगढीको घुुइयाँघाटबाट थालनी

धनगढी, २५ असोज (सुस) सुुदूरपश्चिम मिडिया विकास केन्द्र एफएमडिसी कैलालीले आज देखि चिया चर्चा अभियान धनगढीको घुुइयाँघाटबाट थालनी गरेको छ । घुुइयाँघाट स्थित एक चिया पसलमा दलित समुुदायका करिब ३० जना महिला पुुरुषले चिया पिउँदै विकास कस्तो हुुनुुपर्छ भनेर आफ्नो विचार ब्यक्त गरेका थिए । उनीहरुले जातिय भेदभावले आफ्नो जीवन र नेपालको विकासमा पारेको प्रभावको बारेमा आफ्नो धारणा राखेका थिए । सह्रशताब्दी विकास लक्ष्य २०१५ मा अन्त हुुदै गर्दा नयाँ विकासका लक्ष्यमा दलितको सवाल सम्बोदन हुुनुुपर्ने संस्थाका अध्यक्ष उमीद बागचन्दले बताउनुु भयो । 
विकासका लक्ष्य बनाउँदा आम नागरिकहरुको संलग्नता भए त्यसको सफलता पनि सुुनिश्चित हुुने उहाँले बताउनुुभयो । सो चिया चर्चामा सरिक हुुँदै संस्थाका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले न्यायमा पहुुँच र कानूनी सशक्तिकरण, जातिय भेदभाव र गरिबी अन्त्य गर्न प्रभावकारी हुुने हँुुदा नयाँ विकासका लक्ष्यले यसलाई प्राथमिकतामा राख्नुुपर्ने बताए । सो अवसरमा बोल्दै घुुइयाँघाटका स्थानीय बासिन्दा कृष्ण बहादुर पार्कीले श्रम गर्ने शिल्पी दलित र मजदुुरलाई सम्मान नगरेसम्म विकास सम्भव हुदैंन भन्नुभयो । कार्यक्रममा ल्यानकाउ नेपालका अमृत बि.सी., एफएमडिसीका दिनेश नेपाली र स्थानीय तारा आउजी, चन्द्र बहादुर पार्की, कालु पार्की, लक्ष्मण पार्की लगायतकाले बोल्नु भएको थियो ।

No comments:

Post a Comment