सोमपाल कामी एसीसीको एसियन गेम्स टीममा पर्न सफल

सोमपाल कामी (बलर)
निकै छोटो समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका क्रिकेटरमध्ये सोमपाल कामी एक हुन् । जर्नी टु वल्र्डकप सिरिजमा प्रशिक्षक पुबुदुले सोमपाललाई खेलाउँदा सबैजसोले आश्चर्य जनाएका थिए । तर, कप्तान र प्रशिक्षकका नजरमा उनी प्रतिभाशाली बलर हुन् । उनी यू–१९ का खेलाडी भए पनि निरन्तर सिनियर टोलीबाट खेल्न अवसर पाइरहेका छन् । मलेसियाको बलिङ पिचमा उनी आनन्दित भए । सात खेल खेलेका सोमपालले नेपालका लागि दोस्रो सर्वाधिक ११ विकेट लिए । सिंगापुर र अमेरिकाविरुद्धको खेलमा उनले घातक बलिङ गरेका थिए । सोमपालले सिंगापुरसँग चार र अमेरिकासँग तीन विकेट आफ्नो नाममा राखे ।
१५ कात्तिक, काठमाडौं । नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल एसीसीको एसियन गेम्स टीममा पर्न सफल भएका छन् ।एसीसीले शनिबार पुरुष र महिलाको एसियन गेम्स सेलेक्ट ११ घोषणा गरेको छ । पुरुष टोलीमा १८ वर्षे नेपाली फास्ट मिडियम बलर सोमपाल अटाएका छन् ।
इन्चोनमा स्वर्ण विजेता टोली श्रीलंकाका लाहिरु थिरिमाने कप्तान रहेको टोलीमा पर्ने सोमपाल एक्ला नेपाली क्रिकेटर हुन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन र अन्तराष्ट्रिय स्तरका आधारमा टीम ११ घोषणा गरिएको हो’ एसीसीका इभेन्ट म्यानेजर सुल्तान रानाले भनेका छन् ।दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा समूह चरणको दुबै खेल जितेको नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।


तीन खेलमा ८ ओभर बलिङ गरेका सोमपालले ३ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सातौं नम्बरमा थिए । ७ विकेट लिएर नेपालका सागर भने सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए ।
को-को परे टीममा ?
टोलीमा श्रीलंकाका उपल थारांगा, दिनेश चण्डिमाल र जीवन मेण्डिस छन् भने बंगलादेशका तमिम इकबाल, सकिल अल हसन र मोर्तजा छन् । अफगानिस्तानमा मोहम्मद नाबी, मलेसियाका कस्तान अहमैद फैज र हङकङका नदिन अहमद पनि एसीसीको टीम ११ मा परेका छन् । हङकङका बकास बरकलाई १२ औं नम्बरमा राखिएको छ ।

महिला टीममा पाकिस्तानका पाँच, बंगलादेशका तीन, श्रलंकाका दुई र हङकङका एक छन् । चीनका हुआङ झोउ १२ औं नम्बरमा परेका छन्

No comments:

Post a Comment