‘मैले जे सोँच्थें, त्यो भयो र टाईटल नै जित्दा धेरै नै खुसी छु ’-मिस सुनार

मिस सुनार (विश्वकर्मा) नेपाल २०७० प्रतिक्षा सुनार
पोखरामा विभिन्न नाममा व्युटि प्रतियोगिता भैरहँदा आफ्नो जाती÷समुदायको पनि भए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो उनलाई । केहि वर्षदेखि भएका अन्य प्रतियोगितामा भाग लिने मन भने भएन रे । जे चाहाना राख्थिन त्यो भयो पनि । उनी त्यसमा सहभागि मात्र भईनन् । ताज नै पहिरीन् उनी अर्थात प्रतिक्षा सुनारले । देशमै पहिलो पटक पोखरामा भएको प्रतियोगिता मिस सुनार (विश्वकर्मा) नेपाल २०७० बनिन् । जसले जे सोँचाई राख्थिन त्यो गर्नको लागि बाटो खुला पारिदिएको छ । ‘अरु जाती तथा समुदायका हुँदा सुनारको पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई’ प्रतिक्षाले विगत सम्झिईन ‘मैले जे सोँच्थें, त्यो भयो र टाईटल नै जित्दा धेरै नै खुसी छु ।’ उनको प्रतियोगितामा भाग लिनुको मुख्य उद्देश्य समाजसेवाको लागि प्लार्टफर्मको खोजी थियो ।
जुन उनले प्राप्त गरीन् पनि । बन्दिपुर–३, तनहुँमा जन्मि हाल सिद्धार्थचोँक पोखरामा बस्ने २० वर्षकी उनले समाजसेवा गर्ने चाहाना पालेकी छिन् । ‘मैले समाजसेवा गर्न चाहान्छु, मुख्यगरी मेरै समुदायको लागि केहि राम्रो गर्ने चाहाना छ’ गम्भिर हुदैं उनले भनिन्, ‘मैले त्यो प्लार्टफर्म पाएकी छु, अब हामै्र जातका मानिसको बस्तीमा गएर शिक्षा र स्वास्थ्यबारेमा सचेतना फैलाउने छु ।’ के गर्ने, कहाँ गर्ने, कस्ता कार्यक्रम गर्ने भन्ने योजना पनि तयार पार्दै छिन् उनी ।
देशको मात्र कुरा होईन पोखरामा पनि दर्जन बढि विभिन्न जातजाति तथा समुदायबाट आयोजना भएका मिस प्रतियोगिताका लस्कर छन् ।तर, ति सबैबाट पृथक बन्ने प्रयासमा लाग्ने प्रतिक्षाको भनाईमात्र होईन योजना पनि छ । ‘मैले मिस सुनार (विश्वकर्मा)को टाईटल जितेकी छु, मेरो समुदायले समाजका लागि केहि गरोस भनेर पनि चाहेको छ’ फिस्टेल नर्सिङ क्याम्पसमा नर्सिङको अन्तिम वर्षमा अध्ययनरत उनले थपिन्, ‘मिस सुनार टाईटलको मान राख्ने गरी काम गर्नेछु ।’ गाउँ–गाउँमा पुगेर चेतनामुलक तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्ने उनको योजना छ ।
समाजमा सबैभन्दा अशिक्षित र गरिव दलित समुदाय छन् । उनीहरुमा चेतनाको कमि पनि छ । शिक्षा, स्वास्थ्य र अधिकारको आवश्यकता बारेमा विकट गाउँहरुमा पुगेर शिक्षाको महत्व बुझाउने प्रतिक्षाको योजना छ । जसको लागि विश्वकर्माको बँसाई, शिक्षा, स्वास्थ्य लगायतको बिषयमा इन्टरनेट र अन्य जान्ने बुझ्नेसंग खोजीनीति गर्न शुरु गरीसकेकि छन् । विभिन्न संस्थाको सहयोग लिएर विकट गाउँ–गाउँमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको अर्को लक्ष्य छ ।
‘हाम्रो समुदायमा समाजमा अशिक्षाका कारण पछि परेको छ, उनीहरुमा चेतना फैलाउनको लागि मैले सके जति काम गर्नेछु’ अधिकांश समय समाजसेवाकै लागि बोली खर्चिएकी उनले भनिन्, ‘मैले शिक्षाको आवश्यकता, स्वास्थ्य र महिला सशक्तिकरण बारेमा विकट र गरिव दलित वस्तीमा पुगेर महत्व बुझाउने छु ।’ नर्सिङ पढ्दै गरेकी यी युवतीले स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि बताईन । बैशाखबाटै आफुले सोँचेका काम थाल्ने उनको तयारी छ ।
सबैभन्दा पहिला आफ्नो गाउँको सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बैशाख महिनामा वितरण गरेर समाजसेवाको ढोका खोल्ने बताईन ।
चैत ८ गते पोखरामा सम्पन्न प्रथम मिस सुनार (विश्वकर्मा) नेपालको बिजेता बन्न उनले कम मेहनत पनि गरिनन् । संयौंलाई पछाडि पार्दै अन्तिम राउण्डका १७ जनामध्येबाट उनले मिस सुनारको ताजसंगै चाँदीको क्राउन र ५० हजार रुपैया पनि हात पारेकि छन् । त्यो पुरस्कारको केहि भाग समाजसेवामा लगाउने उनको चाहाना छ । ‘मैले जितेको पुरस्कारको केहि रकम चेतनामुलक कार्यक्रम गर्नमा खर्चिने छु’ पढाईका कारण व्यस्त बन्नु परेकी उनले भनिन्, ‘ताज जितेपछि केहि गर्नुपर्छ भन्ने भोली आउने अर्को बहिनि र अरुलाई पनि सन्देश दिन चाहान्छु ।’ करिव ५ महिना आफ्नो पढाई सकाउन व्यस्त रहने बताउने उनले त्यसपछि भने योजना अनुसार समाजसेवाका काममा लागिपर्ने सोँच छ । मोडलिङ गर्ने उनको रहर एकदमै कमि छ ।
सबैभन्दा पहिला आफ्नो समाजलाई राम्रो बनाउनुपर्ने उनको धारणा छ । ‘मोडलिङ बारे अहिले केहि पनि सोँच छैन्, सबैभन्दा पहिला आफु, आफ्नो समुदाय राम्रो बनाउन लागि पर्नुपर्छ’ उनले समाजसेवाको कुरा दोहो¥याईन, ‘म व्युटि शो गर्न होईन समाजका लागि गर्नुपर्छ भनेर आएकी छु ।’ मिस सुनार बनेपछि विभिन्न व्यक्ति तथा संघसंस्थाको बधाई र सम्मानको लर्को लागेको बेला उनलाई भने आफ्नो अध्ययनले गर्दा प्रयाप्त समय दिएको छैन ।

No comments:

Post a Comment