दलित महिला अझ बढी हिंसा खेप्न बाध्य’

कपिलवस्तु÷रास– जिल्लाका दलित महिलाले दलित भएकै कारण अझ बढी हिंसा खेप्न बाध्य भएको बताएका छन ।मंगलवार तौलिहवामा सम्पन्न एक कार्याक्रमका सहभागि महिलाले यस्तो बताएका हुन ।

 दलित महिला भएकै कारण गैरदलितसँग विवाह भएपछि परिवारले अस्वीकार गर्ने, घर छोड्न बाध्य बनाउने, परिवारको दबाबमा श्रीमानले समेत र्दुव्यवहार गर्ने गरेको उपस्थित महिलाले दुखेसो पोखेका थिए ।

 सहभागी महिलाले अब वन्ने संविधान दलित महिला–मैत्री हुने पर्ने जोड पनि दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दलित महिलामाथि हुने हिंसाहरूले स्थानिय प्रशासनले गंभिर रूपले अध्ययन गरि न्यायका लागि तदारुकता देखाउने बताए ।

No comments:

Post a Comment