दलित आयोग सदस्य हुँदा हुँदै उम्मेदवार बनेको’ पासवानको सभासद् पद खारेज

काठमाडौं, ३ मंसिर
संविधानसभामा एमाओवादीबाट ‘समानुपातिक कोटा’ मा सभासद् बनेकी शम्भु पासवान हजारीको पद खारेज भएको छ ।संविधानसभा सदस्यको हैसियतले संविधानसभा वा व्यवस्थापिका संसद् वा त्यसअन्तर्गतका ‘कुनै पनि बैठकमा कुनै रूपमा भाग लिन नदिन’ संविधानसभा विशेष अदालतले गत ३० कात्तिकमा फैसला गरेको हो ।
उनलाई संविधानसभा अदालतले गत ५ चैतमा निलम्बन गर्न अन्तरिमकालीन आदेश दिएको थियो । सर्लाही पडरिया–४ का हजारी ‘राष्ट्रिय दलित आयोग सदस्य हुँदा हुँदै उम्मेदवार बनेको’ भनी परेको उजुरी पुष्टिपछि अदालतले उनको पद खारेजीको फैसला गरेको हो ।एमाओवादीको बन्दसूचीमा परेकी उम्मेदवार सुमित्रादेवी कलवारले संविधानसभा अदालतमा उजुरी दिएकी थिइन् ।

No comments:

Post a Comment