बागलुङबाट शुरु भएको नेपाली दलितमुक्ति आन्दोलनको नालिवेली -विश्वास खड्काथोकी
Tuesday, October 8, 2013
वटौलिको वजारमा लाहा छ की छैन ।
दुधको कुँडे मोहिको ठेकी सरावर भो थाहा छ कि छैन् ।
दलित आन्दोलन सुरुवात गर्नेहरु मध्यको लक्ष्मीनाराण विश्वकर्माद्धारा
सृजित यो कविताको हरफमा दलित आन्दोलनको ठूलो रहस्य लुकेको छ । नेपालमा दलित
आन्दोलन १९९७ वाट सुरु भएको हो र त्यो आन्दोलन ताका यो कविताको हरफ निकै
प्रचलित थियो । त्यति वेलाका दलित आन्दोलनकर्मीहरुले कुनै चौतारी वाटो
लगाएतको ठाउँमा दलितहरुको अगाडि भाषण गर्नु पर्दा यो हरफलाई कहिल्यै पनि
छुटाउने थिएनन् ।
नेपालमा दलित आन्दोलनको प्रारम्भ वागलुङवाट भएको हो
। वागलुङका गैरागाउँ ठूलाश्वारामा जन्मीएका भगत सर्वजीत विश्वकर्माले दलित
आन्दोलनको विउँ रोपेका हुन् । कुनै पनि परिवर्तन संघर्षबाटै शुरु हुन्छ
भनेझै दलित आन्दालेनको सुरु पनि एउटा छुवाछुत सम्बन्धी वादविवादबाट
प्रारम्भ भएको पाइन्छ । भगत सर्वजीत विश्वकर्माले विहान वेलुकी आफ्नो घरको
मन्दिरमा पुजा गर्दा गाउँलेहरुले शुद्रले पुजा गर्नु हुँदैन भन्दै गाउँमा
हल्ला फैलाए र गउले र उनीबीच वादविवाद भयो । यो वादविवाद नै दलित मुक्ति
आन्दोलनको बाटो बन्न पुग्यो ।
युवा अवस्थामा भारत प्रवेश गरेका भगत
सर्वजीत विश्कर्मा संस्कृतमा आचार्य सम्मको अध्ययन सकेपछि वि.स. १९९७ सालमा
आफ्नो गाउँ बागलुङको गैरागाउ फर्कीए । गउँ फर्कीएलगत्तै आफ्नो घर अगाडि
एउटा मन्दिर निर्माण गरे र विहान वेलुकी शंख घण्टा वजाएर पुजा पाठ गर्न
थाले । त्यो व्यवहार त्यहाका स्थानिय शासक वर्ग र उच्च जाति भन्नेहरुलाई
असैह्य भयो र उनीहरु गाउँमा चर्कीन थाले की, ‘यो शुद्रले पुजापठ गर्नु
हुदैन ।’ तर सर्वजित यसमा प्रष्ट थिए कि हिन्दुहरुको प्रमुख ग्रन्थ वेदमा
पनि कुनै जातलाई छुवा छुट गर्नु पर्छ भन्ने छैन । उनले स्थानियहरुलाई पनि
भनिदिए–‘हेर्नुहोस वेदमा वसुद्ययेव कुतुमबकम लेखिएको छ, यसको अर्थ संसारनै
एउटा परिवार हो । छुवाछुटको प्रचलन पछि चलेको हो र धार्मीक कार्यमा जो
सुकैलाई पनि छुट छ ।’ तर यो कुराले त्यहाका उच्च जाति भनिनेहरु कन्मीन्स
हुने कुरै भएन । किनकी जातिय प्रभाव अहिलेसम्म पनि विद्यमान छ भने त्यति
बेला बोलेको एक शव्दले कहा जातिय प्रथा अन्त्य हुन्थ्यो र ?
त्यसपछि
सर्वजित विश्वकर्माले छुवाछुतको विरुद्धमा आवाज उठाउनुपर्छ, सामाजिक र
धार्मीक समानता आउनुपर्छ भन्ने उद्देश्यको साथ गोप्य रुपमा एउटा संगठनको
स्थापना गर्ने बिचार गरे । अनि १९५७ मा नै विश्व सर्वजन संघ भन्ने संगठनको
स्थापना पनि भयो । नेपालकै पहिलो दलित यस संगठनको अध्यक्ष स्वंम भगत
सर्वजित विश्वकार्मा आफै भए भने उपाध्यक्षा मानविर विश्कर्मा, चिवमा
चन्द्रसिंह विश्वकर्मा र कोषाध्यक्षमा लक्ष्मी नाराण विश्कर्मा रहेका थिए ।
सात जना पदाधिकारी रहेको उक्त संगठन वारे नत गाउँलेलाई नै थाहा थियो न त
अरु कसैलाई । किनकी त्यतिवेला संगठन खोल्ने र विस्तार गर्ने कामलाई अवैध
मानिन्थ्यो ।
संस्थाको पहिलो सम्मेलन २००० सालमा गैरागाउँ भालुमारेमा
भयो त्यो पनि गोप्य रुपमा नै । जुन सम्मेलनमा करिव १५ देखि २० जनाको
हाराहारिमा दलितहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनबाट पनि कमिटिमा
पहिलेकै पदाधिकारीहरुले नै निरन्तरता पाए । त्यस्तै गरेर २००३ सालमा भारतको
गोरखपुर कुँजघाट भन्ने ठाउँमा अर्को बृहत सम्मेलन भयो । जुन सम्मेलनमा ५०
जनाको सहभागिता रहेको थियो । त्यतिवेला ११ जनाको कमिटि विस्तार भायो जसमा
म्याग्दी, अर्घखाची, गोरखा, लगएतका ठाउँबाट सहभागिता रहेको थियो । जहाँ
अर्का दलित अधिकार कर्मि तथा राष्ट्रिय दलित आयोगका पहिलो अध्यक्ष बागलुङकै
पद्मसिंह विस्वकर्मा पनि उपस्थित थिए । त्यति वेला पदमसिंह विश्कर्माको
उमेर १६ वर्षको थियो । त्यतिवेला देखिनै पद्मसिंह विश्वकर्मा प्रत्येक्ष वा
अप्रत्येक्ष रुपमा दलित आन्दालनमा सहभागि भएका थिए । पुनः २०००६ सालमा
भारतको गोण्डा भन्ने ठाउँमा यस संस्थाको अर्को अधिवेशन भयो । जसबाट संघको
पदाधिकारी संख्या बढेर १३ पुग्यो जसमा पद्पसिंह विश्वकर्मा पनि परेको थिए ।
त्यतिवेलाबाट दलित मुक्तिको आन्दोलनले अलि तिव्रता पाएको देखिन्छ ।
त्यतिवेला सम्मपनि यस संस्थाको मुख्य उद्देश्य भनेको आर्थिक सामाजि शैक्षिक
र धार्मीक गरी मुख्य चार कुरामा अरु जातिलाई जस्तै दलितलाई पनि छुट
हुनुपर्छ भन्ने माग रहेको थियो ।
गेप्य रुपमा योजना वनाउनुले कुनै
मुक्ति नमिल्ने भन्दै सो अधिवेशनमा संघले खुल्ला रुपमा प्रचार प्रसार
गर्ने र दलित समुदायलाई सचेत वनउने अभियान संचालन गर्ने जस्ता गम्भिर र
साहशिक निर्णय गरेको थियो । त्यतिवेलै एक हजार प्रति पम्प्लेट नौतुनामा गएर
छपाइयो र पदाधिकारीहरु प्रचार अभियानमा लागे । अधिवेशनबाट दलित
अधिकारकर्मी मानविर विश्वकर्मा पहिल्यै नेपाल फर्कीसकेका थिए । तर भगत
सर्वजित विश्वकर्मा, लक्ष्मी नराण विश्कर्मा, चन्द्रसिह विश्कर्मा र
पद्मसिंह विश्वकर्मा भने पछि मात्र गोखखपुरबाट नेपालतिर प्रस्थान गरे ।
त्यतिवेला पनि नौतुनाममा नेपाालीहरुको १०, १२ वटा सुनदोकान र परियार,
चर्माकारहरुको पसल थियो । उनीहरु पहिलो पटक त्यहि वस्तीमा पुगे र नौतुनामा
छपाएको पर्चा वितरण गर्दै उनीहरुलाई जागरण वनाउने कार्य अगाडि बढाए । नेपाल
फर्कदा बाटोमा दलितहरुलाई पर्चा पम्प्लेट वितरण गर्दै, र दलित समुदायलाई
सचेत वनाउँदै बागलुङको काँठेखोलामा आइपुगे । त्यतिवेला उनीहरु काँठेखोलामा
नुहाएर बागलुङको एक सुनारको दोकानमा एकछिन आराम गरे । त्यसपश्चात वागलुङ
वजारकै ओमप्रसादको चौतारीमा उनीहरुले खुला रुपकै दलित सम्बन्धी एक
कार्यक्रमको आयोजना गरे । जसमा उल्लेख्य दलितहरुको उपस्थिति रहेको थियो ।
त्यतिवेला भगत सर्वजित विश्वकर्मा, लक्ष्मी नारायण विश्वकर्मा, चन्द्रसिंह
विश्वाकर्मा लेनै भाषण गरे । त्यतिवेला पनि उनीहरुले भाषण गर्ने क्रममा
वटौलिको वजारमा लाहा छ की छैन ।
दुधको कुँडे मोहिको ठेकी सरावर भो थाहा छ कि छैन् ।
भन्ने कवितालाई सवैले बाचन गरेका थिए । त्यो उनीहरुको नारा नै थियो भन्दा पनि फरक पर्दैन ।
उक्त कार्यक्रम पश्चात भगत भगत सर्वजित विश्वकर्मा, लक्ष्मी नरायण
विश्वकर्माको गन्तव्य फरक फरक भयो । भगत सर्वजित विश्वकर्मा र लक्ष्मी
नारायण विश्वकर्मा गैरागउँ तर्फ लाागे भने पद्मसींह विश्वकर्मा र चन्द्र
सिंह विश्वकर्मा लहरेपीपलतर्फ लागे । दलित सम्वन्धी उक्त प्रचा जिल्लाको
सरकारी अड्डामा पुगेछ । त्यतिवेला माल, अदालत र छोटि गरी तिन ओटा अड्डा
हुने गर्दथ्यो । छोटी अड्डा जिल्लाको मुख्य हुन्थ्यो । पर्चा अड्डामा पुगे
लगत्तै उनहिरुले विधर्म प्रचार गरेको, गठगाद्धि ताकेको र व्यवस्था र समाज
विरोधी काम गरेको भन्दै घरमै गएर उनीहरुलाई भोलिपल्टनै पक्रियर जिल्लाको
सदरमुकाम बागलुङ बजारमा ल्याइयो । त्यतिवेला कार्यालय प्रमुखलाई वडा हाकीम
भन्ने प्रचलन थियो । उक्त अड्डाको वडाहाकीम पाल्पाका थिए । पक्राउ
गरेपश्चात भगत सर्वजित विश्कर्मालाई यो नै नेता होन्दै पाल्पा सरुवा गरियोे
। तर भगत सर्वजित वाहेकका सवैलाई वागलुङकै छुट्टा छुट्टै कोठामा राखियो ।
यहि विचमा नेपालमा २००७ सालमा पद्मसिंह विश्कर्मा, चन्द्रसिह विश्वकर्मा,
लक्ष्मीनाराण विश्वकर्मामनविर विश्कर्मालाई ६ महिना पश्चात जेल मुक्त भए र
उनीहरु भारतमा निर्वासीत जिवन विताए । जनआन्दोलन भनेर प्रख्यात उक्त
आन्दोलन पछि प्रजातन्त्र स्थापना भयो । सर्वजित विश्वकर्मा भने १६ महिना
जेल जिवन विताउन वाध्य भए ।
सर्वजित जेलबाट मुक्त भइसकेपछि नेपालमा
फेरी जातिय छुवाछुविरुद्धको आन्दोलन निकै तिव्र गतिमा अगाडि वढ्यो ।
त्यतिवेलाको आन्दोलन अन्तरगत वालिघरे पर्थाले श्रम शोषण भएको ठानी त्यस
संस्थाले दलितहरुलाई आर्थिक सुधारको लागि ज्यालामा काम हुनुपर्छ भन्ने
खालको नाराहरु पनि निकै प्रचलन रह्यो । जसमा कामीहरुले आरनको टुडा, भाच्ने र
परियारहरुले कलसिउन वन्दगर्ने सम्मको आन्दोलन भयो जुन अहिले पनि टुडो
भाँच्ने आन्दोलनको रुपमा त्यतिकै प्रचलित छ ।
त्यस पश्चात दलितलाई
शिक्षा दिनुपर्छ र यसलाई कुनै धर्म र संस्कारले पनि रोक्दैन भन्ने कुरालाई
सत्य सावित गर्नको लागि गैरागाउँ हिलियामा भगत सर्वजित विश्वकर्माले नै
२००७ सालमा विश्वकर्मा प्रथामिक विद्यालयको स्थापना गरे । जुन अहिले पनि
प्रस्तावित उच्चमाविको रुपमा संचालित छ । उक्त विद्यालय स्थापनाकै समयमा
पनि करिव २५,३० जना दलित विद्यार्थी अध्ययनरत थिए । त्यतिवेला पनि छुवाछुत
सम्बन्धी त्यहाँको स्थानिय उपल्लो जातिहरुबीच खुव वादविवाद चलिरहन्थ्यो ।
अन्तत शैद्धान्तीक हिसवाबाट अरु समुदाय पछाडि पर्दथे । यसरी दलित आन्दोलनमा
लड्दा लड्दै २०१२ सालमा भगत सर्वजित विश्कर्माको निधन भयो ।
त्यसपश्चान २०१५ सालमा पुनः विश्व सर्वजन संघको सम्मेलन भयो । त्यतिवेला
उक्त संगठनको नाम विश्कर्मा सर्वजन संघ भनेर राखियो । जसको अध्यक्षमा मनविर
विश्कर्मा निर्वाचित भए भने अरु पहिलेकै पदाधिकारीहरुले निरन्तरता पाए ।
तर त्यति वेला भने सदस्य संख्या वढाएर १७ पुर्याइयो । त्यसपश्चान २०१७
सालमा सवै संघ संगठन माथि प्रतिवन्ध लगाइयो । र दलित आन्दोलनले अर्कै मोड
लियो ।
त्यस पश्चात पद्मसिंह विश्कर्मा २०२५ सालमा लहरेपीपल स्कुलमा
शिक्षक हुनुभएको थियो । त्यहाँ पनि त्यहाँका स्थानिय वासीले दलित भएकै कारण
उनलाई शिक्षकवाट निकाल्नुपर्छ भन्दै खेल खेल्न थाले । शिक्षकबाट
निकाल्नुमा स्थानिय उच्च जातिहरको पद्मसींह विश्कर्माले राम्रो पढाएन,
जुम्रा मार्यो फोरी भो भन्ने तर्क थियो । यस्तै तर्कहरु राखे स्थानिय उच्च
जातिहरुले जिल्ला शिक्षा कार्यालयमा निवेदन समेत दिए । त्यतिवेला जिल्ला
शिक्षा कार्यालयम मधेषी मुलका जिल्ला शिक्षा अधिकारी रहेका थिए । पछि
विश्वकर्माले विद्यालयबाट विद्यार्थीलाइ वोलाएर प्रतिक्रिया ल्याउन थालेपछि
विश्वकर्मामा कुनै खोट देखिएन । तर त्यतिवेला जिल्ला शिक्षा अधिकारीले
उनलाई उपल्लो चौरको स्कुलमा पढाउन आग्रह गरे र विश्वकर्मा पछि आफ्नो गाउँमै
जाने सर्तमा ५ महिनासम्म उपल्ला चौर विद्यालयमा अध्यापन गरे । पछि कविराज
परिवार भन्ने नामका व्यक्तिलाई उनले त्यहा पढाउन आग्रह गरे । उनले सामान्य
ट्र«ेनिङ लिएर नेपाल फर्कीएका थिए । पछि गउँलेले विश्वकर्मालाई निम्त्याए ।
२०४२ सालबाट भने विश्वकर्माले शिक्षक पेशाबाट हात झिकेर पुर्ण रुपमा
दलित आन्दोनमा लागे र २०४६ सालको आन्दालेनमा पनि शक्रिय भुमिका निर्वाह गरे
। त्यसपश्चात नेपाली कांग्रेसको झापामा भएको अधिवेशनबाट नेपाल दलित संघको
संस्थापक सदस्य भए र अहिले पनि केन्द्रिय सदस्य छन् । अहिले केन्द्रमा
तीनजनामा मात्र संस्थापक सदस्य रहेका छन् । २०५३ सालमा नेपाली कांग्रेस
क्षेत्र नं. १ को क्षत्रीय सभापति समेत भए । त्यस्तै गरि २०५८ सालमा दलित
आयोग स्थापनाकाको प्रस्ताव उनले सरकार समक्ष पेस गरे र त्यो प्रस्ताव
अनुमोदन पनि भयो । फलस्वरुप २०५८ सालमा दलित आयोगका पहिलो अध्यक्ष बने पद्म
सिंह विश्वकर्मा । अहिले राष्ट्रिय दलित अयोज देशकै शक्तिशालि सरकारी दलित
संस्था हो । दलित अयोजको स्थापना ताका शेरवहादुर देउवा देशको प्रधामन्त्री
थिए । दलित आयोगमा रहदा उनले छुवाछुत उन्मुलन, शिक्षामा समान पहुँच
हुनुपर्ने, धर्म संस्कृतिमा समानता हुनुपर्ने जस्ता जनचेतनाको जाग्रित
गराउने कार्यमा तल्लीन रहे । त्यतिवेलै उनले धर्ममा कुनै विभेदकारी निती
छैन भन्ने कुरालाई पुष्टि गर्नको लागि विश्व हिन्दु महासंघ, वौद्धिक सानातन
धर्म सेवा समिति काठ्माडौं, लगाएत संंघ संगठनको सहभागितमा गोष्ठि तथा
प्रवचन जस्ता धेरै कार्यक्रमहरु गरेको थिए । त्यति मात्रै नभएर उनले पहिलो
पटक दलितलाई परिभाषित गरे । उनको परिभाषा अनुसार ‘आर्थिक क्षेत्रमा शोषित,
सामाजिक क्षेत्रमा उत्पीडित, राजनीतिमा अपेक्षित, शिक्षामा वञ्चीत
धर्मसंस्कृतिमा अपहेलित, छोटकरीमा भन्दा राज्यको मुल प्रवाहबाट विस्थापित
गराएको समुदायलाई दलित भनिन्छ ।’ त्यतिवेलै उनले मन्दिर प्रवेश, अन्तरजातिय
विवाहलाई प्रोत्साहन स्वरुप पुरस्कार, छुवाछुट सरकार वादी मुद्धा
हुनुपर्ने, उच्च शिक्षा सम्म दलितलाई छात्रावास सहित निशुल्क शिक्षाको
व्यवस्था हुलुपर्ने, निश्चित समयसम्म आरक्षणको व्यवस्था हुनुपर्ने लगाएतको
माग सहित कार्यक्रम चलाएका थिए ।
भ्गत सर्वजित विश्वकर्माले जुन
तरीकाले दलित आन्दोलन चर्काएका थिए उनको मृत्यू पश्चात त्यसरी आन्दोलनको
रफ्तार अगाडि बढ्न सकेन । तर पनि मन्द गतिमा भएपनि दलित आन्दोलन भने अगाडि
बढि रह्यो । अहिले राष्ट्रिय स्तरबाट मात्र नभई गाउ स्तरबाट पनि दलितहरु
सचेत र संगठित भएर अधिकारको निम्ति लडेका छन् । आफ्नो वाल्यकालदेखिनै
दलितआन्दोनमा समाहित हुँदै आएका पद्मसिंह विश्कर्मा अहिले पनि नेपालको दलित
कार्यक्रमहरुमा उल्लेख्य उपस्थिति जनाउँछन् भने दलितको मुद्धामा पनि
त्यतिकै केन्द्रिीत रहन्छन् । दलितहरुमा जुन परिवर्तन हुनु पर्नेहो अझै
सम्म पनि त्यो परिवर्तन देखिन सकेको छैन । यद्यपी दलित आन्दोलन भने यो वा
त्यो कोणबाट अगाडि बढिरहेकै छ ।
साभार :-merojilla
सरोकार
No comments:
Post a Comment