महोत्तरीले जिल्लाका ४७ जना दलित छात्रालाई छात्रवृत्ति

गौशाला, २० असोज । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ महोत्तरीले जिल्लाका ४७ जना दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । सङ्घले जिल्ला सदरमुकाम जलेश्वरमा ‘नेपाल छात्रवृत्ति कार्यक्रम २०७०’ को आयोजना गर्दै दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको हो । 

सङ्घले जिल्लाको बर्दिवास गाविसका तीन उच्चमावि तथा मावि विद्यालयसहित जलेश्वर, सुगा, पर्सापतैली, महोत्तरी, मटिहानी र पिपरा विद्यालयका दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । 

सङ्घले आवश्यक प्रक्रिया अपनाई छनोटमा परेका ४७ दलित छात्रालाई मावि तथा उच्च माविमा अध्ययनका लागि निरन्तर मासिक सहयोग गर्ने कार्यक्रमअन्तर्गत एचबिसी कोटाका १८ छात्रालाई प्रतिव्यक्ति रु ५०० र एसएफसी कोटाका २९ छात्रालाई प्रतिव्यक्ति रु ४०० का दरले  छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति वितरणका लागि आवश्यक रकम ‘सेभ द चिल्ड्रेन’ संस्थाले सहयोग गरेको छ भने कार्यक्रममा जिल्लाका दलित छात्रालाई पहिलो चरणअन्तर्गत छ महिनाको एकमुस्ट रु एक लाख, ४९ हजार ७०० रकम प्रदान गरिएको जनाइएको छ ।

No comments:

Post a Comment