भगत सर्वजित विश्वकर्माको प्रतिमा अनावरण

राणाकालमै जातिय छुवाछुत विरुद्ध आन्दोलको शुरुवात गरेका भगत सर्वजित विश्वकर्माको सम्झनामा बुटवलमा स्थापित ‘भगत सर्वजित  स्मृति प्रतिष्ठान भवनको औपचारीक उद्घाटन हुने भएको छ । प्रष्ठिानले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि  बैशाख ९ गते बुटवल ९ शिवनगरमा रहेको  भवनको उद्घाटन तथा प्रतिमाको अनावरण गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष छविलाल विश्वकर्माले नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टीका दलित नेतृत्व,दलितका आन्दोलनमा लागेका ब्यक्ति र कलाकारहरुको समेत उपस्थिती रहने उहाँले बताउनुभयो । उहाँका अनुसार भवन र प्रतिमा अनवरणका साथै विभेदका विरुद्धमा विशिष्ट योगदान पुर्‍याउने ब्यक्ति,भगत सर्वजितका सहयात्री,कलाकारहरुलाई सम्मान समेत गरिने छ ।


यसैगरि भगत सर्वजित राष्ट्रिय अन्तराष्ट्रिय मानव मर्यादा पुरस्कारका लागि अक्षयकोष समेत गठनको प्रकृया थालिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य  समेत रहनुभएका विश्वकर्माले विभिन्न ब्यक्तिहरुको आर्थिक सहयोगमा भवन र प्रतिमा निर्माण गरिएको बताउनुभयो । नेपालमा जातापात र छुवाछुतको मारमा रहेका दलित समुदालाई मक्ति दिलाउन राणाकालमै विद्रोह गरेका सर्वजितको विचार र योगदान नेपाली समाजलाई जानकारी गराउन २०५८ सालमा प्रतिष्ठान गठन भएको थियो । सर्वजितले विस १९९७ सालमा विश्व सर्वजन संघ गठन गरेर जातिय छुवाछुतका विरुद्ध आन्दोलन शुरु गरेको बताईन्छ । पत्रकार सम्मेलन मुक्ति समाजका केन्द्रिय सदस्य एकराज विश्वकर्माको अध्यक्षता तथा सचिव एमबि विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

 दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक नेता भगत सर्वजित विश्वकर्माको स्मृतिमा बुटवल नगरपालिका–९ मा निर्मित भगत सर्वजित स्मृति प्रतिष्ठानको समुद्घाटन, प्रतिमाको अनावरण, दाताहरुको सम्मान तथा नववर्ष २०७० को शुभकामना आदन–प्रदान कार्यक्रम 
साभार :- butwalonline/तस्बिर साभार :- सर्बजित प्रतिष्ठान फेसबुक पेज





No comments:

Post a Comment