मुटाव भए पनि बुद्ध धर्मप्रतिको काममा र दलित मुक्तिको निम्ति एक जुट हुँदै आएका छन् जुन
शुभ संकेत हो । यस्तै एउटा दलित तर उच्च शिक्षा प्राप्त व्यक्तिहरुको निम्तोमा म बम्बे पुगेको
थिए । उनीहरुले मलाई नागरपुर, बल्लारपुर, चन्द्रपुरको सामाजिक र राजनैतिक भेलामाझ
उपस्थित गराएका थिए । बल्लारपुरमा चाहि त्यहाँका मेयरले नागरिक अभिनन्दनको आयोजना
गराएकी थिइन । मेयर एकजना दलित डक्टर महिला थिइन । एवं रीतले पटना स्थित आर एल
चन्दापुरीले आफ्नो युवा कालदेखि बृदावस्था सम्म (जसको इहलिला केही बर्ष अघि मात्र
शेषभयो) दलितबर्ग र
पछौटाइएका बर्गको संयुक्त नेतृत्व गरिरहनु भएको थियो । त्याहाँ पनि
प्रमुख अतिथि बक्तामा निम्ताएका थिए ।
यस प्रकारले भारतमा अम्वेडकर मिशनले दलित
वर्गमा र पछौटाइएका वर्गमा चेतना ल्याउन ठूलो भूमिका खेल्दै आएको छ र अम्वेडकरको
ख्याति विश्वव्यापी रुपमा फैलाएका छन् । अम्वेडकरको माध्यमबाट बुद्धधर्मको सन्देश विश्वभर
फैलन गएको असहनीय भएर नै र मर्न अघि आपूm सहित सात लाख दलितलाई एकसाथ
बुद्धमार्गी बनाएको कारणले नै हुनसक्छ उनकी बाहुनी स्वास्नीद्वारा हत्या गरिएको शंका छ ।
अम्वेडकर मिसन सचेत र चेतनशील बन्दै गएको कारणले नै मलाई अमेरिका र बेलायतबाट
पनि बोल्ने क्रममा निम्ताएका थिए । परन्तु नेपालमा पडे लेखेका भएता पनि दलितहरु तिनै
शोषित पिडित बनाउने र पछौटाएर राख्नेहरुलाई नै दयाको भिक्षा दान मागेर बाँच्ने गर्छन ।
दलितको नाममा दलितलाई नै ठग्ने गर्छन, त्यागको भावना किंचित छैन । यसरी पाएको भिक्षा
दान हिन्दु आर्यबाट पुरा चाहिं कहिल्यै हुंदैन । अधिकारमा बाँच्न र बचाउंन सिक्नु र सक्नु पर्छ
दयाको भिखमा होइन । हिन्दु आर्यहरुले हामीबाट लिनु मात्र जानेका हुन्छन् दिनु होइन । यसै
कारण त हामीलाई घरवारहीन भूमिहीन, काम दाम विहीन वनाएर तिनीहरु मोज मज्जा गर्छन,
नेता बन्छन, शासन गर्छन । हामीलाई घर जग्गा नोकरी विहीन पारेर सर्बहारा बनाएका छन ।
सर्बहाराको नारामा तिनीहरु सर्वभरा बनेका छन् । यो तिनीहरुको पुख्र्यौली अधिकार भएर
आइरहेको छ र पनि हामी अहिन्दु मूलबासी मंगोलहरुमा र दलित बर्गको घैंटोमा घाम चाहिं
कहिल्यै लागेन् । बरु “मतवाली” भनेर उफ्रे झैं “दलित जनजाती” भनेर मगन्ते भएर नै
बाँच्नको निम्ति फुर्कन्छन । दलितहरु मुक्ति खोजिरहेका छन, जनजाती दलित वन्न ।
अस्तित्व
कुन चरिको नाम हो थाहा छैन । बेश्यप्रब्रितिको भावना हुर्किएको छ यिनीहरुमा । निकै अघि
एकपल्ट भारतमा बाहुनहरुले अंग्रेज शाषकलाई आफ्नो पैसा सेना शक्तीको धाक धम्की दिए
पछि अंगे्रजहरुले भारतका मूलबासी महार सेनालाई बाहुनहरुसंग लड्न पठाए । बाहुनहरुले पनि
आफ्नो जमात ठूलो देखेर लडनको निम्ति तम्सिए । तिनीहरुसंग हात हतियार पनि प्रसस्तै
भएकोले निर्णायक लडाइ लड्ने पक्का गरे । जनवरी १, १८१८ मा भिमा नदीको किनारमा
अवस्थित कोरे गाउँ पुना अहमदनगर मार्गमा भिषण युद्ध सुरु भयो । मनुवादी बाहुन पेशवराज
तर्फ २५ हजार सेना थियो, ५ हजार घोड सवारी पनि थियो । परन्तु भारतका मूलबासी
महारहरु ५ सयजना र घोडामा ३ सय जना लगायत पांचजना अंग्रेज अफसर मात्र थिए ।
बाहुन राजाको ३० हजार सेनालाई ८ सय महार सेनाले तह लगाइ दिए । बाहुनको राज्य
संधैको निम्ति समाप्त गरिदिए । नेपालमा १९५१ मा क्रान्ति गरेर लडिदिए, मरिदिए चितौडिया
राणाहरुबाट १०४ बर्षको शासन सत्ता खोसेर चितौडिया शाहा वंशको हातमा सोम्पिदिए जस्तो
मात्र भयो । एउटा जहानिया सम्दी खलकको बाट खोसेरअर्को सम्दी खलकलाई मोज गर्ने
शोसन र शासन गर्न दिए जस्तो । त्यस्तै भारतको १९४७ को स्वतंत्रता पनि झण्डै ४ सय बर्ष
अघि व्यापारको निहुंमा भारत भित्रेका गोरा आर्यनहरुको हातबाट शासन सत्ता खोसेर हजारौ
बर्ष पहिला लुटपाट गर्दै भारत भित्रेर काला भइसकेका विदेशी आर्यनहरुको हातमा शासन शक्ति
थमाइ दिए जस्तो मात्र भयो ।
त्याहाँका मूलबासीहरु प्रतिको व्यावहारमा चाहिं हिन्दु आर्यहरुको
कुनै फरक आएन । न त त्याहाँका विभाजित अवस्थामा पुराइएका मूलबासी प्रतिको विचारमा
नै कुनै परिवर्तन आयो । सामन्ती आर्यन संस्कारमा ओत प्रोत भएका आर्यनहरुले त्याहाँका
शोषित, पिडित, दलित र दरिद्रमा पुराइएका मूलबासीहरु प्रति विभिन्न नारा लिएर आएता पनि
आर्यनको शासन सत्ता र नेतृत्वको विचार र व्यवहारमा चाहिं बाहुनबाद नै रहिरयो । हिन्दुबादनै
फक्रिरयो र त्यसैलाई शसक्तरुपमा तिब्र पारियो । आज बाहुनबाद अर्थात हिन्दुवादको जकड
खस्कंदो स्थितिमा छ । यो आधा शताव्दीको अन्तरालमा त्याहाँका मूलबासीहरु माझबाट
भारतलाई धर्म निरपेक्ष राष्ट्रबनाउने दलित नेता डक्टर भिमराव अम्वेडकर जस्ता सहासी,
विद्वान, दूरदर्शी र त्यागी नेताहरुको समाजप्रतिको त्याग र तपस्याको कारणले गर्दा त्याहाँका
मूलबासी दलितहरुमा चेतना र सहासको लहर फैलेको छ ।
source:- lamatnw
No comments:
Post a Comment