उपचार गराउन गएकी दलित महिला चिकित्सकद्वारा नै बलात्कृत

असोज २०, काठमाण्डौँ ।नोवेल शिक्षण अस्पताल मोरङ्गमा उपचारका लागि गएकी एक दलित महिला चिकित्सकद्वारा नै बलात्कृत भएकी छिन् । पित्तथैलीमा पत्थरीको समस्या भएपछि शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी शनिश्चरे—८, विर्तामोडका ३८ वर्षीय दलित महिला अस्पतालकै चिकित्सक सन्दिप जैसवालद्वारा बलात्कृत भएकी हुन् ।

अस्पतालको बेड नं. ४९ मा भर्ना भएकी महिलालाई हिजो
राती(१९ गते) ९ बजेतिर जैसवालले चेक अप गर्नुपर्ने भन्दै एक्लै बोलाएर अस्पतालमै बलात्कार गरेको पिडित महिलालाई उद्धृत गर्दै उत्पीडित जातीय उत्थान संघ एकीकृतका केन्द्रीय सदस्य गोपाल विश्वकर्माले जागरण मिडिया सेन्टरलाई जानकारी दिनुभएको छ । अस्पतालका नर्सहरु सो कोठामा पुग्दा शरीरमा कपडा नरहेको र काँप्दै बसेको अवस्थामा भेटेपछि उनको उद्धार गरिएको थियो ।

घटना भएको २४ घण्टा बित्न लाग्दा पनि महिलाको स्वास्थ्य जाँचमा ढिलासुस्ती भइरहेको पनि गोपाल विश्वकर्माले बताउनुभयो । साथै निवेदनको व्यहोरा नमिलेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङ्गले उजुरी नलिएको पनि उहाँले जनाउनुभएको छ ।आरोपी चिकित्सक जैसवाल अहिले जिल्ला प्रहरी कार्यालय मोरङ्गको नियन्त्रणमा रहेका छन् ।

(पिडित महिलाको नाप गोप्य राखिएको छ ।)

थप जानकारीका लागि :
गोपाल विश्वकर्मा (मोरङ्ग)
९८४२०४९३४९

साभार:  Jagaran Media बाट

No comments:

Post a Comment