चौकी इन्चार्ज रहँदा उनले प्रहरी र गाउँलेबीचको सम्बन्ध सुधारको काम गरे । साथै आफूमातहतका प्रहरीलाई कहिल्यै नराम्रो व्यवहार नगरेको उनका सहकर्मीको भनाइ छ । 'सईसापजस्तो मान्छे सबै ठाउँमा हुनसके देशैभर शान्ति सुरक्षा हुने र मुलुकको विकास हुने थियो,' प्रहरी जवान निराजन कुँवरले भने । प्रहरी चौकीअगाडिको मैदानमा टीकामालासहित बिदाइ कार्यक्रम हुँदा प्रहरी र स्थानीय युवादेखि वृद्धसम्म निकै भक्कानिएका थिए । 'उहाँ हुँदा गाउँमा दिनहँु हुने झगडामा कमी आएको थियो, केही नयाँ काम गर्दा उहाँ गाउँलेलाई पनि सोध्नुहुन्थ्यो,' सानागाउँ-१ धौलाबस्तीका ६७ वषर्ीय गोपीलाल जोशीले भने, 'उहाँ अभिभावकझैंँ लाग्थ्यो ।'
इलाका प्रहरी कार्यालय बेलउरी कञ्चनपुरबाट २४ चैत ०६७ मा सरुवा भई उनी त्यहाँ आएका थिए । भुल चौकी इन्चार्ज भएदेखि गाउँमा मदिरा नियन्त्रण, सवारी दुर्घटनामा कमी, चोरी, लुटपाट, आपराधिक घटना र महिलामाथि हुने घरेलु हिंसाका घटना न्यून भएको स्थानीयको भनाइ छ । दिनहुँ मदिरा खाएर झगडा हुने गरेकोमा उनी आएपछि गाउँ शान्त भएको रिनकोटकी सरु विकले बताइन् । उनी दुई वर्ष चौकी इन्चार्ज रहँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै पूर्वी चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको गाउँलेको बुझाइ छ । आँसु बगाएर भए पनि स्थानीयले भुलको दिल खोलेर बिदाइ गरे । 'सुदूरपश्चिमेली समाजमा दलितलाई हेर्ने दृष्टिकोण फरक भएको अवस्थामा दलित समुदायको व्यक्ति चौकी इन्चार्ज भएर बस्दाको क्षण निकै चुनौतीपूर्ण नै थियो,' भुलले भने, 'केही व्यक्तिले अप्ठेरोमा पार्न खोजे पनि यहाँको सिंगो दलित समुदाय, शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको सहयोगले राम्रो काम भयो ।'
प्रधान कार्यालय नक्सालबाट १० भदौ ०५३ मा प्रहरी जवान भएर उनी सेवा प्रवेश गरेका हुन् । भुल ५ चैतमा प्रहरी नायब निरीक्षकमा बढुवा भएपछि क्षेत्रीय प्रहरी तालिम केन्द्र सुर्खेत सरुवा भएका हुन् । सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको चण्डिका-३ कोलगडा घर भएका उनी लक्ष्मीपुर गाविस-९ बुटाबारी कञ्चनपुर बस्दै आएका छन् ।
No comments:
Post a Comment