मलाई बाँच्ने मन छ, मलाई बचाई दिनुस्

मिती २०७१ मंसिर १६ 
पप्पु गुरुङ/कञ्चनपुर – नौ महिना देखि ओछयानमै रहेका दोधाराको मना कुमारी सार्कीको स्वास्थ्य अवस्था दिन दिनै गम्भिर बन्दै गएको छ । उपचारको लागी धनगढीको एक निजी अस्पतालमा राखिए पनि मनाको स्वास्थ्यमा कुनै लाभ नभएको उनका आमा सरस्वती सार्कीले बताएका छन् । 

उनको दिशा र पिसावबाट रगत देखा परेपछि उनि झनै थल्लीन थालेका छन् । दोधारा स्थित अम्बिका उच्च माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा मना कुमारी सार्की उपचारकै क्रममा थल्लिएकी हुन । पेट सहित शरीर सुन्निएकी मना पिसाब रोकिर बेलाबखत मुर्छा पर्ने गरेकी छन् । अहिले आएर दिशा र पिसावमा रगत निस्कन थालेपछि घर परिवारमा निरासा बढेर गएको हो ।

उपचारको निम्ती रकम सहयोगको लागी सबैलाई याचना गर्दै मनाकी आमा हिडेकी छिन् । उनको उपचारका लागि घर परिवारले लाखौं खर्च गर्दा समेत निको नभएपछि परिवारमा चिन्ता छाएको छ । जग्गा बेचेर उपचार गराउदा समेत निको नभए पछि उनकी आमा सहयोगको याचना गर्न थालेकी छिन् । मुनाकी आमाले जग्गा बेचेको सबै रकम उपचारमा सकिए पछि समस्या आएको बताइन् ।
तपाईहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा साथ साथै यस ब्लक alldalit.blogspot.com र  सामाजिक संजाल फेसबुकमा facebook/DalitSolidaritynepal पेजलाई सक्दो सेयर र लाईक गरि सहयोग गर्दिनु हुन्छ भने अपेक्छा गरेको छु ।

उपचारका लागि १४ कट्टा जग्गा बिक्री गरी नौ लाख सम्म खर्च गरिएको छ । यति खर्च हुदा समेत मनालाई विराम समेत पत्ता लाग्न सकेको छैन । विद्यालय स्तरीय एथलेटिक्समा विजेता बनेर घर फर्के पछि मना विरामी भएकी हुन् । दौडमा सधै“ प्रथम हुने मनाले ५० मिटर, १ सय मिटर र ४ सय मिटर दौड जितेकी थिइन् । भारतको राजधानी दिल्लीका महंगा अस्पताल सम्म मना पुगेकी छन् ।

उनका अनुसार दुई दिन बिराएर पिसाब रोकिने र त्यसले असाध्यै पीडा भए पछि मना मुर्छा पर्ने गरेकी छन् । काठमाडांै लगेर उपचार गराउदा  राम्रो हुन्छ, भन्ने सुनेकी मनाकी आमाले रकम नभएर लैजान सकेकी छैन ।

धनगढीको एक निजी अस्पतालको बेडमा पल्टिएकी मनालाई स्वास्थ्य समस्या थप बढ्दै गएको टेलिफोन मार्फत बताईनन् । छोरी थला परेपछि उनले राती राम्रो संग निदाउन पाएकी छैनन् सरस्वती सार्की । उनले आफ्नो छोरीको उपचारमा सहयोगका लागि सबै सँग अपिल गरेकी छिन् ।
Courtesy: paschimsamachar

No comments:

Post a Comment