दलित युवतीहरु सिप सिक्नमा व्यस्त - शुभ नारायण यादब


सप्तरी-सप्तरीको छिन्नमस्ता गाविस–२ स्थित राम टोलका दलित युवतीहरु सिप सिक्नमा व्यस्त रहेकी छिन् i गरिबी निवारणका लागि उद्यु–उद्यम विकास कार्यक्रम (पेडेवा) अन्तर्गत प्रारम्भिक सिलाई कटाई सिप विकास सम्बन्धी दुई महिने तालिम घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले संचालन गरेपछि त्यहाँका दलित युवतीहरु सीप सिक्न व्यस्त रहेका छन् ।यस अघि सिप नहुँदा घरमै समय खेर गर्ने त्यहाँका दलित युवतीहरु तालिम संचालन पश्चात सिलाई कटाई सिक्न कम्मर कसेर लागि परेकी छिन् । मावि सखडाको कक्षा १० मा अध्ययनरत राधा कुमार पण्डित पनि आफ्नो गाउँमा यस्तो सिलाई कटाईको तालिम संचालनमा आएपछि सिप सिक्न आएको बताईन । 
सिप सिकेर घरमै दुई चार पैसा आय–आर्जन गर्ने उद्देश्यले सिप सिक्न कम्मर कसेर लागिपरेको बताउँछिन् ।तालिममा सहभागी अर्का महिला राधा कुमारी खंग भन्छिन् – हामी गरिब दलितहरुलाई कुनै सिप नहुँदा अरुको खेतमा मजदुरी गर्नु बाहेक कुनै विकलप नरहने भएकोले यस्तो सिप सिक्ने अवसर पाएकोमा खुशी समेत व्यक्त गरिन् । दलित समुदायमा घरेलु तथा साना उद्योग कार्यालयले सिलाई कटाई सम्बन्धी तालिम सञ्चालन गरेपछि घरमै बसेर सिक्न पाउने तथा त्यसवाट आय–आर्जन समेत गर्न सकेकोमा आयोजक प्रति धन्यवाद ज्ञापन कलावती खंगले व्यक्त गरेका हुन् । 

गरिबी निवारणका लागि त्यहाँका महिलाहरुलाई यही जेठ १ गतेदेखि २ महिने प्रारम्भिक सिलाई कटाईको तालिम संचालन गरेको तथा सो तालिममा १८ जना दलित महिलाहरुको सहभागिता रहेको उद्योग अधिकृत रघुवर साहको भनाई रहेको छ ।यसअघि सिप नहुँदा त्यहाँका दलित महिलाहरु घरमै दिन विताउँदै आएको तर तालिम संचालन पश्चात उत्साहका साथ त्यहाँका महिलाहरु तालिम लिन आइरहेको तालिमकी प्रशिक्षक नम्रता परियार बताउँछिन । तािलम सकिएपछि घरमै बसेर राम्रो आम्दानी गर्न सक्ने विश्वास सहभागी महिलाहरुको रहेको छ । तालिममा रहभागी महिलाहरुले यसअघि एसवाईवीको सात दिन तालिम लिई माँ भगवती लघु उद्यम समुह समेत दर्ता गराएको घरेलु कार्यालय सहलेखापाल संदीप टेलरको भनाई रहेको छ ।

No comments:

Post a Comment