चिया खान दिएर बेहोस बनाइ जबरजस्ती गर्ने सुनार गिरफ्तार

चितवन । ०७१ मङ्सिर २६ गते
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयचितवनबाट खटिएको प्रहरी टोलीले स्याङ्जा जिल्ला वालिङ नपा-३ का अन्दाजी ४८ वर्षीय नेत्रकुमार सुनार लोहनीलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडितपक्षले आजै प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको छ ।

आरोपितले चिया खान दिएर बेहोस बनाइ जबरजस्ती गरेको पीडितको भनाइ छ । पीडितलाई बेहोस अवस्थामा प्रहरीले उद्दार गरी भरतपुर अस्पतालमा पुर्याई उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर थापाले बताए ।

No comments:

Post a Comment