मागेरै आफ्नो जिविकोपार्जन गर्दै आएका ६५ वर्षिय नेपालीको जाडोले मृत्यु

चरिकोट : दुई दिनदेखि बढेको चिसोको कारण दोलखामा एक वृद्धाको ज्यान गएको छ। ज्यान जानेमा दोलखाको जफे गाविस वडा नम्वर ६ का ६५ वर्षिय नरबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका निरीक्षक सन्तकुमार लामाले जानकारी दिए।
मृतकको घरमा कोही नभएको र वेवारिसे अवस्थामा रहेका नेपाली छिमेकी माझिको घरको बार्दलीमा सुतेको अवस्थामा मंगलबार बिहान चिसोले कठ्याङग्रिएर ज्यान गएको स्थानीयलाई उधृत गर्दै प्रहरीको भनाइ रहेको छ।
मृतक नेपाली गाउँमा मागेरै आफ्नो जिविकोपार्जन गर्दै आएको स्थानीयको भनाइ छ मागेर हिड्ने क्रममा सोमबार साझ माझी घर पुगेको र बार्दलीमा सुतेको अवस्थामा ज्यान गएको जनाएकोछ। शवलाई पोष्टमाटमका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरिएको लामाले जानकारी दिए। 

No comments:

Post a Comment