दलित भएको थाहा पाएपछि जजमानी गर्ने लामिछानेले घरबाट निस्केर जान भने

काठमाडौं । दलित भएकै कारण एक घरधनीले भाडामा बस्नेलाई घरबाट निकालेका छन् । डेरा सरेको १० दिनमै इलामकी खेममाया सिवा निकालिएकी हुन् । इलाम साँखेजुङकी सिवा बत्तिसपुतलीस्थित रामचन्द्र मार्गका ध्रुवप्रसाद लामिछानेको घरमा १० दिनअघि डेरा सरेकी थिइन् ।तर, उनी दलित भएको थाहा पाएपछि जजमानी गर्ने लामिछानेले शनिबार घरबाट तत्कालै निस्केर जान भनेको नयाँ पत्रिकामा खबर छ । सिवाका अनुसार डेरा सरेको चार दिनपछि उनीसँग लामिछानेकी श्रीमतीले जात सोधेकी थिइन् । आफू परियार भएको बताएपछि भोलिपल्टबाटै कोठा खाली गर्न दबाब दिएको सिवाले बताइन् । ‘कोठा सरेको चार दिनपछि घरबेटी कोठामा आउनुभयो ।

केहीबेर गफगाफ चल्यो । जात के हो भनेर सोधेपछि मैले परियार हो भनेँ,’ उनले भनिन् ‘त्यसपछि कोठाबाट जुरुक्क उठेर जानुभयो । भोलिपल्टदेखि त तत्काल कोठा खाली गर्न भन्न थाल्नुभयो ।’ कोठा नपाइएकाले आफू तत्काल सर्न नसकेको सिवाले बताइन् ।

तर, लामिछाने परिवारले तत्काल कोठा सर्न दबाब दिँदै आएको छ । दलित भएकै कारण आफूलाई कोठा सर्न दबाब दिएपछि सिवाले महानगरीय प्रहरी प्रभाव गौशालामा उजुरी दिइन् । उजुरी पछि प्रहरीले उनीहरुलाई पक्राउ गरी आगामी दिनमा यस्तो नगर्ने कागज गराएर छाडिदिएको छ ।
source:- ehamrosansar.info

No comments:

Post a Comment