सम्पूर्ण दलितहरुलाई राज्यको मूलधारमा नल्याएसम्म सामाजिक रुपान्तरण हुन नसक्ने


सप्तरी, मंसिर २७ गते । जातीय उत्पीडन, सामाजिक भेद्भाव भोगिरहेका डोम , मुसहर सहित सम्पूर्ण दलितहरुलाई राज्यको मूलधारमा नल्याएसम्म सामाजिक रुपान्तरण हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 
सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला बाल कल्याण समिति सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको बाल विवाह विरुद्ध लक्षित समुहको अभिमुखीकरण कार्यक्रमा सहभागीहरुले शिक्षामा डोम र मुसहर समुदायको पहुँच नभए सम्म सामाजिक रुपान्तरण हुन नसक्ने औंल्याएका छन् । 
कार्यक्रममा डोम समुदायका अगुवा दलित उत्थान मञ्चका अध्यक्ष युक्ति मरिकले सरकारले बन्ने संविधानमा डोम र दलित समुदायमा रहेको बाल विवाह तथा अन्य विकृतिलाई रोक्न गाँस, बास, कपासर शिक्षाको व्यवस्था अनिर्वाय रुपमा गर्नुपर्ने बताउनुभयो । डोम समुदाय शिक्षाको पहुँचबाट अझ बञ्चित रहेकोले शिक्षाको पहुँच तर्फ सरोकारबालाहरुले ध्यान दिनुपर्ने मरिकले बताउनुभयो । 
उक्त कार्यक्रममा महिला तथा बाल बालिका कार्यालयका प्रमुख गीता महतले बाल विवाह पनि गरिबी र शिक्षासँग जोडिएकाले त्यस तर्फ सरकारको विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment