विवाह गरेको तीन दिनमा नै दलित भन्ने थाहा पाएपछि श्रीमानले छाडे

काभ्रे, १७ मंसिर । राज्यले छुवाछुत मुक्त घोषणा गरेको वर्षौँ भैसक्यो । त्यति मात्र होइन राज्यले छुवाछुत गर्नेलाई ऐन अनुसार कारवाही गर्ने र अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने समेत घोषणा गरेको पनि धेरै भैसक्यो ।

तर, सिन्धुपाल्चोकमा भने एक जनाले विवाह गरेको तीन दिनमा नै दलित भन्ने थाहा पाएपछि श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर राज्यको कानुनको धज्जी उडाएका छन् ।
काभ्रे देवीटार गाविस की २० वर्षीया कल्पना रिजाल (विक)ले सोही जिल्लाको सिपापोखरी गाविसका १९ वर्षीय सन्तोष आचायसँग सँगै मर्ने बाँच्ने सुन्दर सपना बोकेर प्रेम विवाह गरेकी थिइन ।
तर, उनको त्यो प्रेम विवाह तीन दिन पनि टिक्न सकेन । उनको दाम्पत्य जीवनमा दलित पहाड बनेर अयो अर्थात श्रीमति दलित भएको थाहा पाएपछि आचार्यले तीन दिनमा नै कल्पनासँग सम्वन्ध  विच्छेद गरिदिए ।
कल्पनाको आचार्यसँग जीवन विताउने कल्पना त्यतिबेला चकनाचुर भयो । अहिले कल्पना न्यायको भीख माग्दै हिडेकी छिन् ।
‘मेरो उहाँसँग फोनमार्फत सम्पर्क भयो, पछि हामीबीच गहिरो प्रेम वसेपछि एक अर्कामा छुट्न नसक्ने भयौँ,’ कल्पनाले खिन्न हुँदैँ भनिन् ‘ विवाह अघिसम्म उसले मलाई राम्रोसँग पाल्छु भनेको थियो ,तर घरमा गएर मेरो मामासँग उसका बाबुले फोनबाट कुरा गरेपछि उनीहरुका बाबुले दलित भन्ने थाहा पाएछन् , अनि सन्तोषले कि तँ निक्ली कि म निस्कन्छु भन्दै विवाहको ३ दिन मै झपार्न थाल्यो, बस्न नसक्ने भएपछि म घरबाट निस्किएँ ।’ कल्पनाले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा निवेदन दर्ता गराएको बताइन ।
सन्तोषको पनि आफ्नै कहानी छ । उनी कल्पनाले आफु रिजाल भएको भन्दै झुक्याएको आरोप लगाउँछन् । 
तपाईहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा साथ साथै यस ब्लक alldalit.blogspot.com र  सामाजिक संजाल फेसबुकमा www.facebook.com/DalitSolidaritynepal  पेजलाई सक्दो सेयर र लाईक गरि सहयोग गर्दिनु हुन्छ भने अपेक्छा गरेको छु ।
‘कल्पनाले मलाई रिजाल भनेकी थिइ, उसले कहिल्यै आफु विक भएको बताइन,’ उनले भने, ‘घरमा पुगेपछि थाहा भयो ऊ दलित रहिछ,  म अझै पनि उसलाई स्वीकार गर्छु तर सामाजले त स्वीकार गर्दैन, मैले उसलाई पनि त्यही भनेको हो ।’ सन्तोले बुधबार महिला सेलमा बयानका क्रममा पनि त्यही बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार निवेदन आएपछि पीडकलाई उपस्थित गराइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बुझाएको छ । पीडकलाई छुवाछुत ऐन अन्र्तगत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

No comments:

Post a Comment