दलित नेताहरुलाई रामबहादुर सुनारको खुल्ला पत्र

प्रियमित्रहरु,
समाजका पिधका वर्गाको पक्षमा ढृदतापूर्वक लडदै समाजमा रहेको  अन्याय, अत्याचार, शोषण, दमनको विरुद्ध संघर्ष गर्ने अर्थात समजमा विद्यमान रहेको जातीय विभेदको विरुद्धमा रहेर समाजलाई भेदभाब रहित सभ्य र समता मूलक समाजको निर्माण गर्ने सपना बाढने दलित नेतृत्ववर्ग यो देश अत्यन्त संघिन घडिमा रहिरहदा कुन कुनामा छन् , कुन दुनामा खान्छन् , कुन गीत गाउछन ? त्यो अत्व पत्तो नहूदा यो  पत्र लेख्ने कोशिष गरेको हूँ ।
मित्रहरु,यतिवेला देश रोईरहेको छ, कराईरहेको छ र चिच्चाईरहेको छ । त्यतिमात्र हैन ईतिहासमा नेपाल सबैभन्दा जटील र कठीन मोडमा पुगेको छ । एकातिर ठूला नेताहरुको जुवारी चलिरहेको छ भने अर्कोतिर एैतिहासिक रुपमा सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचन पनि त्यतिकै तुवाउने कोशिष हुदैछ । अर्कातिर विभिन्न खाले अधिकारका कुरा गर्नेहरुले मोर्चा बन्धिगरिरहेको अबस्था छ । भावि संविधानमा महिलाहरुको अधिकार सुनिस्चितहुनुर्ने भन्दै महिलाहरुले संघर्षको कार्यक्रम अगाडि बढाएका छन भने अपांग, पिछडिएको क्षेत्र, विभिन्न सिमान्त कृत समुदायले पनि आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । यसो गरिरहदा जानेर वा नजानेर वा अफ्नो अधिकार खोज्दा अरुको अधिकार खोस्न हुन्न भन्ने कुरालाई नजर अन्दाज गरेर पहिचाहानको नाममा फेरि अर्को पटक दलितहरुलाई दाश बनाउने खेल पनि सुरुभएको छ । तर नेपाली समाजका दलित आन्दोलनका अगुवाहरु खै काहि कतै नपाउदा यो पत्र लेख्न विवष छु ।
प्रियमित्रहरु, लेखे धेरहुन्छ, बसे बेरहुन्छ भनेजस्तै यस्ता कुरालेख्दै जादा ठूलै फियरिस्त हुन्छ । तर के गर्नु मलाई लेख्ने फुर्सद भएपनि तपाईहरुलाई पढने फुर्सद नहोला त्यसकारण बुँदा गत रुपमा लेख्ने जमर्को गरेको छु । अबस्य जबाफ आउने अपेक्षा राखेको छु ।
एक ः
तपाईहरुले फलाक्ने गरेको दलित आन्दोलन के हो ? त्यो किन फलाक्नु हुन्छ ? के का लागि फलाक्नु हुन्छ ? कस्कालागि फलाक्नु हुन्छ ? यदि समाजका पिधमा परेका दलित समुदायको लागि हो भने फलाक्नु पर्ने बेलामा चाहि किन कानमा तेल हालेर बस्नुहुन्छ ?
दुई ः
तपाईहरुको आन्दोलन अबसर पाउनको लागि बनाएको बाटोमात्र हो भने खबदार अब तपाईहरुलाई दलित शव्द उच्चारण गर्ने कुनै अधिकार छैन । यदि साच्चै दलितको पक्षमा तपाईहरुले काम गर्ने चाहेको हो भने नयाँ संविधानको लागि यो प्रारम्भमा दलितहरुलाई गोलबद्ध गर्दै आन्दोलन गर्न आबश्यक छ । यो अन्त्य हैन सुरुमात्र हो । अहिले त लेख्ने कुरामात्र हो कार्यन्वायन गर्ने कुराको लागि यस्ता सयौ संघष गर्नुपर्ने दिन आउने छ ।
तीन ः
यतिवेला दलितहरु विभिन्न दलमा तितर वितर भएका छन् । दलको पुच्छर बनेर दलितहरको अधिकारमाथि वेवास्ता गरिरहेका छन् । अझ भनौ दलका हुक्के बैठके बन्ने काम भईरहेको छ । यो दलितहरुमाथि अर्को ठूलो आत्माघात हो । यदि ति दलित नेतृत्वहरु पार्टी संग सती गएभने त्यो ति दलित नेताहरुकै लागी प्रतिउत्पादक बन्ने छ ।
चार ः
जनजातहिरु सँग दलितहरुको आत्मीयता छ । अन्य समुदाय भन्दा जनजातीहरु सँग विषेश सम्बन्ध छ तर उनिहरुले पैचानको लागि भनि मोर्चाबन्धि गरेर संघर्ष गर्दै आएका छन् । यो पहिचाहानको कुराले दलितहरुमाथि पूनः नवसामन्तबादको जन्म हुने छ । दलितहरुले एउटा सामन्तको समाप्त गरेर अर्को सामन्तबादको सुरुहोस् भन्ने चाहेका छैनान् । हुनत उनिहरुले अरुको अधिकार खोसेर अफ्नो अधिकार स्थिापित गर्न चाहेका हैनान होला तर पनि त्यो दलितहरको लागि फलदायी छैन ।
पाँच ः
यतिवेला दलितहरु चुप लागेर बस्नेबेला हैन जुटनु र उठनु पर्ने बेला हो । तसर्थ हामी एक पटक जुर्मुराउनु पर्ने भएको छ । यदि यतिबेला मुखमा पट्टीबाधेर बस्ने हो भने ईतिहासले धिकार्ने छ । चेतना भया ।
अन्त्यमा, दलित समस्या दलितहरको मात्र समस्या र्हैन आम समस्या हो तर पनि भोग लागेको मान्छे जती अघाएको मान्छेलाई पिडा हुदैन । त्यसकारण सबै जना दलित समस्या प्रति संबेदनशिल हुन जरुरी छ यद्यपी दलितहरु अझै बढी संवेदनशिल हुनु पर्ने हुन्छ । त्यसैले समपूर्ण दलितहरुप्रति आग्रह गर्न चाहान्छु अहिले नगरे कहिले गर्ने, याहाँ नगरे काहाँ गर्ने, हामिले नगरे कस्ले गर्ने ?
उहि दलित आन्दोलनको शुभ चिन्तक

No comments:

Post a Comment