दलित महिलाको राष्ट्रिय सम्मेलन सकियो

दलित महिलाको राष्ट्रिय सम्मेलनमा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाललाई स्वागत गर्दै दलित महिला संघकी अध्यक्ष दुर्गा साेव । 
काठमाडौं, मंसिर १८ – दलित महिलाको राष्ट्रिय सम्मेलन २१ बुँदे घोषणापत्र जारी गरि सकिएको छ ।दलित महिला संघले ललितपुरमा गरेको तीन दिने सम्मेलनले दलित महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गरि उनीहरुलाई विकासको मूलप्रवाहमा हिस्सेदारी पाउने खालको नयाँ संविधान बनाइनुपर्ने, अन्तर्जातीय विवाहलाई प्रोत्साहन गरिनुपर्ने लगायतका माग अगाडि सारेको छ ।
तपाईहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा साथ साथै यस ब्लक alldalit.blogspot.com र  सामाजिक संजाल फेसबुकमा www.facebook.com/DalitSolidaritynepal पेजलाई सक्दो सेयर र लाईक गरि सहयोग गर्दिनु हुन्छ भने अपेक्छा गरेको छु ।

सम्मेलनले अन्र्तजातीय विवाह गर्ने जोडीलाई सामाजिक र आर्थिकरुपमा संरक्षण प्रदान गरिनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा दलित महिलालाई विशेष सुविधा र आरक्षण प्रदान गरिनुपर्ने, शैक्षिक ऋणको व्यवस्था गरिनुपर्ने माग पनि अगाडि सारेको छ ।

सम्मेलनले दलित समुदायमा विद्यमान आर्थिक पछौटेपनले सिर्जित समस्या अन्त्य गर्न एक दलित परिवार एक रोजगार र एक दलित महिला रोजगारीमा पहिलाको नारा अघि सारेर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
देशभरका करिब २ सय दलित महिलाको सहभागितामाझ भएको सम्मेलनले छुवाछुत र भेदभावमा संलग्नमाथि दिइने सजायको मात्रा बढाउन, सर्वोच्च अदालतमा छुट्टै दलित बेञ्चको स्थापना गर्न, दलित आयोगलाई संवैधानिक आयोग बनाउन पनि माग गरेको छ ।
सम्मेलनले महिलाका लागि आरक्षित ३३ प्रतिशत कोटाको २० प्रतिशत दलित महिलाका लागि छुट्याइनुपर्ने तथा स्थानीयदेखि केन्द्रीय सबै निकायमा दलित महिलाको समानुपातिक प्रतिनिधित्व गराइनुपर्ने माग पनि अगाडि सारेको छ ।

No comments:

Post a Comment