संयुक्त राजनीतिक दलित संघर्ष समितिले राष्ट्रव्यापी दवावमुलक कार्यक्रम गर्ने

विरु नेपाली
जागरण मिडिया सेन्टर
मंसीर १९, काठमाण्डौ
20141205_131737[1]संयुक्त राजनीतिक दलित संघर्ष समितिले नयाँ संविधान निर्माणका लागि राष्ट्रव्यापी दवावमुलक अभियानका कार्यक्रम गर्ने घोषणा गरेको छ । समितीले आज काठमाण्डौमा पत्रकार भेटघाटको आयोजना गरी  ६ वुदे खाका सहित आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो ।
20141205_164050[1]भेटघाट कार्यक्रममा संघर्ष समितिको निर्णय सुनाउदै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाईलीले देशका मुख्य मुख्य ६ ठाँउहरुमा गरिने वृहत राजनीतिक अन्तरक्रियात्मक वहस कार्यक्रम दलित मैत्री संविधान निर्माणका लागि खवरदारी कार्यक्रम हो, भन्नुभयो । उहाँले संयुक्त राजनीतिक दलित संघर्ष समितीमा अहिले ९ राजनीतिक दलित घटक संगठन वाहेक दलित साझा मुद्धामा थप नयाँ घटक संगठनहरु र दलितसंग सरोकार राख्ने सबै पक्षहरुसंग सहकार्य गरिने बताउनु भयो ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा चौथो सम्मेलनका संयोजक तिलक परियारले विगतका विभिन्न आन्दोलनहरुका दलितका उपलव्धिहरु तथा अन्तरिम संविधानमा उल्लेखित दलितका प्रावधान समेत खोसिन लागेकाले यो आमसभा कायक्रम जरुरी छ भन्नुभयो ।
यही पुष ६ गते मध्यमाञ्चलको नारायणगढवाट सुरु गरिने खवरदारी कार्यक्रम मुलुकका विभिन्न मुख्य ६ ठाउहरुमा हुने संघर्ष समितीको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment