दुर्घटना भन्दा उद्दार र उपचारमा ढिलाइले धेरै ज्यान जान्छ

फोटो :दीपा दाहाल (ट्रकले किचेर घाइते सल्यानकी टिका परियार उपचार गराउँदै) 
काठमाडौं : सल्यान सल्लीबजारकी तीन वर्षीया टीका परियारलाई घरको आंगनमै देउसीभैलो हेरिरहेको बेला गत कात्तिक ५ गते ट्रकले किच्यो। आमा लक्ष्मीले छोरी टीकालाई उठाएर अस्पताल कुदाउने आँट गर्न सकिनन्। छिमेकीले उनलाई सल्यानकै सञ्जिवनी अस्पताल पुर्‍याए। 
 
विशेषज्ञ ट्रमा सेवा नभएको अस्पतालमा उपचारमा आलटालमात्रै भयो। एक घन्टा अल्मल्याएर चिकित्सकले उनलाई नेपालगञ्ज जान सुझाए। घण्टौं कुर्दा पनि बस आएन। राति अबेर नेपालगञ्जको नर्सिङ होम पुर्या‍इएकी टीकाको दाँया खुट्टा काम लागेन, काट्नुपर्‍यो। चिकित्सकले बाँया खुट्टा पनि भाँचिएकाले प्लाष्टर गरे थप समस्या आउन सक्छ भन्दै काठमाडौं पठाइदिए। 
 
'छोरीलाई ट्रकले किचेपछि मैले हेर्न सकिन, उठाउने कोही भएन, उपचारका लागि कहाँ लैजान भन्ने पनि थाहा भएन,' आमा लक्ष्मीले अन्नपूर्णसँग भनिन, 'बल्लबल्ल छिमेकीले उठाएर सञ्जिवनी अस्पताल लगे, उपचार नगरी त्यतिकै अल्मलाइयो, यता र उता गर्दै छोरी बेहोस भइसकेकी थिई, नेपालगंज पुर्‍याउँदा डाक्टरले किन ढिलो ल्याएको भन्दै हकार्नुभयो।' टीकाको अहिले ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। 

No comments:

Post a Comment