अम्बेडकर कला श्री अवार्ड—२०१४ बाट सम्मानित

OLD PICTURE

काठमाडौँ, पुस २ गते । सञ्चारकर्मी तथा संस्कृतिकर्मी बुद्धि बिश्वकर्मा अम्बेडकर कला श्री अवार्ड—२०१४ बाट सम्मानित हुनुभएको छ । सञ्चार क्षेत्रबाट नेपालको दलित आन्दोलन र संस्कृति संरक्षणका निम्ति सक्रिय रहे वापत उहाँलाई सम्मान गरिएको हो । उहाँलाई भारतीय दलित साहित्य एकेडेमीले नोभेम्बर १३ तारिखमा नयाँ दिल्लीमा एक समारोहबीच सम्मान गरेको हो । 
सो अवसरमा नेपालबाट प्रतिनिधित्व गर्ने सोविता परियार र नरभान कामीलाई पनि सो सम्मान प्रदान गरिएको छ । हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपालको दलित आन्दोलनमा क्रियाशील व्यक्तित्वलाई दिइन्छ । बिश्वकर्मा सञ्चारकर्मी मात्र नभई नेपाली लोकबाजा संग्रहमा पनि क्रियाशील हुनुहुन्छ । उहाँ, २०५८ सालमा त्रिपुरेश्वरमा लोकबाजा संग्रहालयको स्थापना गरी लोकबाजाको संरक्षण र संबद्र्धन गर्दै आउनुभएको छ । उक्त संग्रहालयमा हाल छ सय प्रकारका नेपाली बाजा संग्रहित छन् । 
अवार्डले आफुलाई अझ बढी जिम्मेवारी बढाउनुका साथै हौसला प्रदान गरेको र आगामी दिनमा निरन्तर यही क्षेत्रमा लागिरहने बिश्वकर्माले बताउनुभयो ।

No comments:

Post a Comment