दलित एकता संजाल नेपाल , यु.ए.ईद्धारा राजदुताबासलाइ ज्ञापनपत्र

खेमराज खनाल, दुबई, डिसेम्बर ६ 
दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको निमित्त सम्पुर्ण नेपालिको सहभागिता भन्ने मुल नाराका साथ लामो समय देखि दलित हक,हित र अधिकारको रक्षाका निम्ति कृयाशिल दलित एकता संजाल नेपाल यु.ए.ईले आज अबुधाबी स्थित नेपाली राजदुतावासमा एक कार्यक्रमको आयोजना गरि ज्ञापनपत्र बुझाएको छ ।

करिब एक वर्ष देखि यु.ए.ईमा कृयाशिल  दलित समुदायलाई एकिकृत गर्दै उनीहरुको पक्षमा विविध कार्यक्रम संचालन गर्दै आएको दलित एकता संजाल नेपालले आज नेपाली राजदुतावासमा एकअन्तर्कृया कार्यक्रमको आयोजना गरि महामहिम राजदुत धनन्जय झा लाई ज्ञापनपत्र बुझाएको हो। 
राजदुत झाकै कार्यकक्षमा आयोजित उक्त कार्यक्रमको  सभापति  संजाल  यु ए इ का अध्यक्ष पदम नेपालीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा संजाल Icc) का पुर्व संस्थापक सम्योजक खडक गैरे  बाट संजालका गतिविधि ,उद्देश्य र कार्यनीतिकाको बारेमा जानकारी गराएर संजाल अध्यक्ष पदम नेपालीको रोहवरमा ज्ञापनपत्र बुझाइएको थियो

1, ज्ञापनपत्रमा दलितका समस्याहरुमा दूतावास गम्भीर हुनु पर्ने,दलित मैत्री प्रशासन संयन्त्र हुनुपर्ने,

2..हरेक कार्यक्रमहरुमा दलितको पनि सहभागिता सुनिश्चित गर्नु पर्ने,र संविधान मा दलितका प्रमुख मुद्दा आर्थिक ,शैक्षिक ,सास्कृतिक  र हजारौं वर्ष देखी राज्यबाट परिचालित सवस्कारको रुपमा रहेको जातीय छुवाछूत प्रथा अन्तेको सवालहरु समावेश गर्न पहल गर्नुपर्ने

जस्ता कुराहरु उल्लेख गरिएको (icc) पुर्व सम्योजक खडक गैरे  ले बताउनु भयो ।

 यता राजदुत झाले पनि आफुले दलित समुदाय प्रतिभै रहेको समस्याहरुलाइ गम्भिर रुपले लिएको भन्दै आप्नो तर्फबाट गर्न सक्ने सम्पुर्ण सहयोग गर्न दूतावास  सधै तैयार रहेको र दूतावासले हम्मेशा पहल गर्ने बताउनु भयो साथै वहाँले विभिन्न संस्थामा बाँडिएर भन्दा एक भएर साझा आवाज उठाउन उपयुक्त हुने सुझाव समेत दिनु भयो । उक्त अन्तरकृया कार्यक्रम सन्जालका महासचिव बिनोद गोतामे   द्धारा सन्चालन गरियको थियो भने पत्रकार खेम राज खनल सहित तप्सिलका अभियान्ताको उपस्थिति रहेको थियो। तप्सिल:संजालका उपाध्यक्ष -ललन  बिस्वकर्म,सन्जाल -कोषाध्यक्ष बिरु बिस्वकर्म,सन्जाल सचीव -चित्र नेपाली ,अभियान्ता- राम कुमार नेपाली,अभियान्ता- झबी बिस्वकर्म,अभियानता- बिनिता बिस्वकर्म ,अभियान्ता दिपक बिस्वकर्म लगायतका अभियान्ताले आप्नो बिचार प्रस्तुत गर्नुभएको थियो।

 अन्तमा सन्जालले यु ए इ मा अहिले सम्म गरेका विभिन्न कार्यक्रमको जनकारी सहित राजदुत धनन्जय झा बाट गरिएको  प्रतिबधाताको प्रसम्शा गर्दै अध्यक्ष बाट कार्यक्रम  समापन गर्नुभयको थियो।
साभार: परदेशी खबर 

No comments:

Post a Comment